• १७ बैशाख २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
फुटबल प्रतियोगिताको उपाधिका लागि होटल र मोबाइल व्यवसायी भिड्ने




दाङ । दाङ जिल्ला उद्योग वाणिज्य संघको ५४ औं  स्थापना दिवसको अवसरमा आयोजित मैत्रीपूर्ण फुटबल प्रतियोगिताको उपाधिका लागि दाङ देउखुरी होटेल व्यवसायी र मोबाईल तथा इलेक्ट्रोनिक व्यवसायी भिड्ने भएका छन् ।

शुक्रबार बिहान घोराहीको भरतपुर खेल मैदानमा भएकको पहिलो सेमिफाइनल खेल अन्तर्गत मोबाइल व्यवसायीले किरान व्यवासायीलाइ टाईब्रेकरमा हराउदै फाइनलमा प्रवेश गरेको छ ।

निर्धारित समय दुबै तर्फबाट गोल हुन नसके पछि खेल टाईब्रेकरमा गएको थियो जस्मा मोबाइल व्यवसायी ५-४ गोलले बिजयी भएको हो ।

आजनै भएकोको दोस्रो सेमिफाइनल अन्तर्गत होटल व्यवसायी र फेन्सी व्यवसायी बीच भएको खेलमा टाईब्रेकरमा जित्दै होटेल व्यवसायी फाइनल प्रवेश गरेको हो । पहिलो हाफमा ३ गोलले फेन्सी व्यवसायीले अग्रता लिए पनि दोस्रो हाफमा समालिन नसक्दा फेन्सी व्यवसायी अप्रत्याशित हार ब्योहोरेको  हो ।

फेन्सी बाट पहिलो हाफमा कल्याण श्रेष्ठले २ गोल र राजेस तामाङले १ गोलले गर्न सफल भएका थिय तर होटल व्यवसायीले दोस्रो हाफमा उत्कृष्ट कमब्याक गर्दै टिम कप्तान समेत रहेका मनकाजी बुढा मगरले ह्याटि्रक गर्दै खेललाई टाईब्रेकरमा लगेको थिए ।

होटेलले टाईब्रेकरमा ४-३जित्दै उपाधिका लागी मोबाइल व्यवसायी संग भेट पक्का गरेको हो । टाईब्रेकरमा फेन्सी व्यवसायीका १ प्रहार गोल किप्परले उत्कट बचाउ गरेका थिय भने १ प्रहार पोस्टमा लगेको थियोे ३ प्रहार पोस्टमा चुम्न सफल भएको थियोे यता होटेल व्यवसायी तर्फबाट १ प्रहार पोस्ट बाहिर गएको थियो भने ४ प्रहार गोल भएको थियो ।

भोलि सनिवार बिहान ८ बजे भरतपुर खेलमैदानमा फाइनल खेल हुने फुटबल प्रतियोगिताको संयोजक बिक्रम रानाले जानकारी दिनुभयो ।

Facebook Comments