तुलसीपुर । लुम्बिनी प्रदेशका निवर्तमान अर्थमन्त्री धनबहादुर मास्कीले बजेट बिनियोजन गरेपछि तुलसीपुर ११ स्थित उरहरी स्वास्थ्य चौकीको भवन सिलन्यास भएको छ । उक्त भवनको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले सिलन्यास गरेका हुन् ।
८ बर्षदेखि सोही स्थानमा स्वास्थ्य भवन अधुरो थियो । सोही अबस्थामा रहेको भवनलाई प्रदेशको अर्थमन्त्री हुँदा मास्कीले २० लाख रुपैयाँ सुनिश्चित गरेपछि उपमहानगरपालिकाले बहुबर्षिय योजनाका रुपमाअघि बढाएको छ ।
जुन योजना २९ लाख लागतमा निर्माण हुँदैछ । भवन निर्माण भएपछि स्थानीय खुसी भएको बेद बोहराले बताए ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।