• २४ बैशाख २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
समृद्धिका लागि जनप्रतिनिधि र कर्मचारीबीचको समन्वय अपरिहार्य :मन्त्री शर्मा




घोराही । सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले समृद्धिका लागि जनप्रतिनिधि र कर्मचारीबीचमा समन्वय अपरिहार्य रहेको बताउनुभएको छ । जिल्ला प्रशासन कार्यालय दाङले बिहीबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री शर्माले विकास र सुशासनका लागि जनप्रतिनिधि र कर्मचारीबीचको समन्वय र सहकार्य अपरिहार्य रहेको बताउनुभयो ।

दाङ जिल्लामा भैरहेका विकास निमार्णका काम र आवश्यक बजेटका बारेका जिल्लाका स्थानिय तहदेखि विभिन्न सरकारी कार्यालयका प्रमुखहरुसँग अन्तरक्रिया गर्दै उहाँले लक्ष्यमा पुग्न र विकास निर्माणदेखि हरेक प्रकारका सेवा नागरिकलाई सर्वसुलभ तरिकाले प्रदान गर्न समन्वय आवश्यक पर्ने बताउनुभयो ।

आर्थिक, सामाजिक तथा पूर्वाधार लगायतको विकासमा सम्बन्धित निकायले आ-आफ्नो क्षेत्रबाट जिम्मेवारपूर्वक काम गर्न उहाँको आग्रह थियो । सरकार अब बजेट निर्माणको प्रक्रिया रहने बताउँदै उहाँले जिल्लामा विकास निमार्णका लागि आवश्यक योजना र बजेटको बारेमा थप जानकारी गराउँन आग्रह गर्नुभएको थियो ।

निर्वाचनका क्रममा जनतासँग गरेको प्रतिवद्धता अनुसार सडक, खानेपानी, सञ्चार, शिक्षा, स्वास्थ्यलगायतका विकासका पूर्वाधारहरुमा आफुले ध्यान दिइरहेको शर्माले बताउनुभयो ।

यस्तै कर्मचारीहरूले पनि देश र जनताप्रति इमानदार भई सरकारका नीति तथा कार्यक्रमहरूलाई तदारुकताका साथ कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । साथै उहाँले समग्र जिल्लाको विकासका लागि सङ्घीय सरकारले गर्नेे हरेक प्रकारको सहयोगमा आफु प्रतिवद्ध रहेको बताउनुभयो ।

Facebook Comments