• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
मैत्रीपूर्ण फुटबल प्रतियोगितामा किराना र होटल व्यवसायी विजयी




दाङ । दाङ जिल्ला उद्योग वाणिज्य संघको ५४ औं  स्थापना दिवसको अवसरमा आयोजित मैत्रीपूर्ण फुटबल प्रतियोगिता अन्तर्गत आज शुक्रबार भएको पहिलो खेलमा नेपाल सुनचाँदी व्यवसायीलाई ०-१ गोलको अन्तरले पराजित गर्दै किराना तथा गल्ला व्यवसायी विजयी हुँदै मोबाईल तथा इलेक्ट्रोनिक व्यवसायीसँग भेट पक्का गरेको हो । किरानालाई बिजयी बनाउन दोस्रो हाफको अन्तिम समयतिर प्रकाश केसीले गोल गरेका हुन्।

आज नै भएको दोस्रो खेलमा दाङ जिल्ला फोटोग्राफरलाई १ को विरुद्ध ५ गोलले होटेल व्यवसायी बिजयी भएको छ । होटल व्यवसायीलाई जित दिलाउन रुपक थापाले ३ गोल र मनकाजी बुढा मगरले १ गोल गरेका थिए  भने फोटोबाट सान्त्वना गोल सालिक चौधरीले गरेका थिए ।

भोलि १६ गते  शुक्रबार  पहिलो सेमिफाइनल  खेल किराना तथा गल्ला व्यवसायी र मोबाइल तथा इलेक्ट्रोनिक  व्यवसायी  र दोस्रो सेमिफाइनलमा  खेल  होटल व्यवसायी र फेन्सी व्यवसायीबीच हुने फुटबल प्रतियोगिताको संयोजक बिक्रम रानाले जानकारी दिनुभयो ।

हाजिर जबाफ प्रतियोगिता 
संघको स्थापन अवसरमा आयोजना गरेको विभिन्न प्रतियोगिता अन्तर्गत आज भएको हाजिर जबाफ प्रतियोगितामा प्लास्टिक व्यवसायी समिती प्रथम भएको छ । त्यसै गरि गल्ला तथा किराना व्यवसायी समिती द्वितीय सफल भएको छ भने फेन्सी व्यवसायी समिति तृतीय भएको छ । उक्त प्रतियोगितामा ५ वटा बस्तुगत समिती सहभागी रहेको हाजिर जबाफ प्रतियोगिताको उपसमितिको संयोजक सुरज बुढाथोकीले जानकारी दिनु भयो ।

भोलि शुक्रबार बिहान भरतपुर खेलमैदानमा फुटबलको सेमिफाइनल खेल तथा सनिवार स्लो मोटर साइकल तथा स्कुटी, कुर्सीदौड,  दौड र बोरा दौड हुने र आइतबार बिहान व्याडमिटन प्रतियोगिता  हुने दाङ जिल्ला उद्योग बाणिज्य संघका सचिव विकास वलीले जानकारी  दिनुभयो ।

Facebook Comments