• १५ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सहकारी दिवसको अवसरमा ज्येष्ठ नागरिकलाई खाद्यान्न सहयोग




दाङ । ६७ औं राष्ट्रिय सहकारी दिवसको  अवसरमा दाङको घोराही उपमहानगरपालिका १६ तेरौटेस्थित ज्येष्ठ नागरिक सरोकार केन्द्रलाई खाद्यान्न वितरण गरेको छ ।

जिल्ला सहकारी संघ लि. दाङको आयोजनाम तथा जिल्ला उपभोक्ता सहकारी रीघ लि. दाङ,जिल्ला कृषि सहकारी संघ लि. दाइ र जिल्ला वहुउद्देश्यीय सहकारी संघ लि. दाङको सहआयोजनामा ज्येष्ठ नागरिक सरोकार केन्द्रलाई खाद्यान्न वितरण गरिएको हो ।

जिल्ला सहकारी संघ लि का बरिस्ठ उपाध्यक्ष माधव खनाल, सचिव ईन्द्र बहादुर बुढाथोकी , सल्लाहकार कुमार राज श्रेष्ठ , जिल्ला बहुउद्देश्यीय संघ दाङका अध्यक्ष कृष्ण प्रसाद गाैतम, जिल्ला उपभोक्ता संघ दाङअध्यक्ष नारदमणि पाेख्रेल , जिल्ला कृषि सहकारी संघकि अध्यक्ष पद्ममा आचार्य, कृषि संघका पदाधिकारी लगायतको उपस्थितिमा  चामल 2 वोरा, मिक्स दाल ५ केजी. पिठो ३ थैलो,   तेल ४ पोका , चिनी २ केजी, नून ३ पोका  साबुन ८ पिस र सर्फ १ बोका वितरण गरियकाे थियाे ।

जिल्ला सहकारी संघ लि. दाङले ६७ औं राष्ट्रिय सहकारी दिवसको दिवसमा खाद्यान्न वितरण लगायत  रक्तदान, अन्तरक्रिया र हाजिर जबाफमा चैत्र २०  गते मुल समारोह कार्यक्रम गरि मनाइदै छ।

Facebook Comments