• १५ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
एसइई परीक्षा : दाङमा १०८ जना विद्यार्थी अनुपस्थित




घोराही । दाङसहित देशभर यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) बिहीबारदेखि सुरु भएको छ । आज बिहान ८ बजेदेखि एसइई परीक्षा सुरु भएको हो । जिल्लमा पहिलो दिन अंग्रेजी विषयको परीक्षामा एक सय आठ जना परीक्षार्थी अनुपस्थित छन् ।

शिक्षा विकास तथा समन्वय इकाइ दाङको परीक्षा शाखाकी प्रमिला शर्माले बिहीबारदेखि सुरु भएको एसइई परीक्षमा दाङबाट एक सय आठ जना विद्यार्थी अनुपस्थित भएको बताइन् । उनले जिल्लाका १० वटै पालिकाका २ सय ४२ वटा विद्यालयका १२ हजार ८ सय ९८ जना विद्यार्र्थीहरु मध्ये साधारण नियमिततर्फ ५१ जना छात्र र ५४ जना छात्रा र प्राविधिकतर्फ दुईजना छात्र र एकजना छात्र परीक्षामा उपस्थित नभएको जानकारी दिइन् । विरामी परेर तथा विभिन्न कारणबस पहिलो दिनको परीक्षामा अनुपस्थित भएका विद्यार्थीहरुले बाँकी परीक्षामा सहभागी हुन पाउने उनको भनाइ छ ।

शाखाकी प्रमिला शर्माका अनुसार घोराही कारगारमा जेल चलना भएका एकजना र इप्रका तुलसीपुरको हिरासतमा रहेका एजजना गरी दुई जना विद्यार्थी एसइई परीक्षामा सहभागी भएका छन् । उनीहरुले नजिकैको परीक्षा केन्द्रमा पुगेर परीक्षा दिएका हुन् ।

जिल्लामा यो वर्ष ४ जना छात्र र २ जना छात्रा गरी ६ जना दृष्टिविहिन विद्यार्र्थी परीक्षा सहभागी भएका छन् । उनीहरूले सम्बन्धित विद्यालयको सिफारिसमा कक्षा ८ पास गरी ९ कक्षामा अध्ययन गरिरहेका विद्यार्थीलाई सहयोगी राखेर परीक्षा दिएको कार्यालयले जनाएको छ ।

त्यस्तै शिक्षा विकास तथा समन्वय इकाइ दाङका प्रमुख देवमणि चौधरीले दाङमा एसइई परीक्षा शान्त वातावरणमा सञ्चालन भएको सिस्ने अनलाइनलाई बताए । इकाइ प्रमुख चौधरीका अनुसार गतवर्षको तुलनामा यस वर्ष दाङमा परीक्षार्र्थीको संख्या घटेको छ । गत वर्ष दाङमा १३ हजार ४ सय ५२ जना विद्यार्थीले एसइई परीक्षा दिएका थिए । यो वर्ष एसइई परीक्षा दिने विद्यार्र्थी संख्या ५ सय ५४ जनाले घटेको हो ।

सामुदायिक, खुला र संस्थागत गरी २ सय ४२ वटा विद्यालयबाट नियमिततर्फ १२ हजार २ सय २८ जना, प्राविधिक धारतर्फ ३ सय २३ जना र ग्रेट वृद्धितर्फ ३ सय ४७ जना विद्यार्र्थीहरुले रजिष्ट्रेशन फर्म भरेको कार्यालयले जनाएको छ ।

परीक्षाका लागि जिल्लामा ४७ वटा परीक्षा केन्द्र तोकिएको र सबभन्दा बढी घोराही र तुलसीपुरमा परीक्षा केन्द्र रहेको इकाइ प्रमुख चौधरीको भनाइ छ । जसमा घोराही र तुलसीपुरमा १४/१४ वटा परीक्षा केन्द्र रहेका छन् । त्यस्तै लमहीमा ५ , राप्ती र गढवामा ३/३, शान्तिनगर, बबई र दंगीशरणमा २/२, बंगलाचुली र राजपुरमा १/१ वटा परीक्षा केन्द्र रहेका छन् ।

परीक्षा सञ्चालनका सुरक्षाकर्मी बाहेक १ हजार एक सय ६५ जना जनशक्ति परिचालन गरिएको छ । परीक्षामा ४७ जना केन्द्राध्यक्ष, ८४ जना सहायक केन्द्राध्यक्ष, ६ सय ५१ जना निरीक्षक, एक सय २८ जना सहायक कर्मचारी, २ सय ५५ जना सहयोगी कर्मचारी परिचालन गरिएको प्रमुख चौधरीले जानकारी दिए । परीक्षा केन्द्रमा विद्यार्थीको संख्याको आधारमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

जिल्लामा भएका ४७ वटा परीक्षा केन्द्र मध्ये १३ वटा परीक्षा केन्द्रमा एक जनादेखि सात जनासम्म परीक्षार्थी अनुपस्थित देखिएको कार्यालयले जनाएको छ । आजदेखि सुरु भएको एसइई परीक्षा चैत २७ गतेसम्म सञ्चालन हुने भएको छ ।

Facebook Comments