• १५ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
एसइईका एकजना नक्कली परीक्षार्थी पक्राउ




सुर्खेत । दैलेखबाट एसइईका एकजना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । नारायण नगरपालिका–१, सदरमुकाममा रहेको त्रिभुवन माविमा भाइको एसइई परीक्षामा एक १७ वर्षीय किशोर पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा महावु गाउँपालिका–१, गैडाबाजका प्रेम न्यौपाने रहेका जिल्ला प्रहरी कार्यालय दैलेखका निमित्त प्रमुख प्रहरी निरीक्षक दिपक मगराठीले जानकारी दिए ।

प्रहरीका अनुसार न्यौपाने गैडाबाजका मावि रानीवनका विद्यार्थी सुनिल प्रसाद जैसीको ठाउँमा परिक्षा दिएका थिए ।

उनले नियमित एसईई परीक्षार्थी आफनो भाइ नाता पर्ने सुनिलको लागि नक्कली परीक्षार्थी बनेका थिए । न्यौपाने त्रिभुवन मावि दैलेख बजारमा कक्षा १२ का विद्यार्थी हुन् ।

मुखमा मास्क लगाई आएका र प्रवेश पत्रको फोटो पछि टाँसेको देखेर सोधिखोजी गर्दा पत्ता लागेको प्रहरीले जनाएको छ ।

Facebook Comments