• १७ बैशाख २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङमा भिरबाट लडेर एक किशोरीको मृत्यु




तुलसीपुर ।  पश्चिम दाङमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । बुधबार बिहान करिब साढे ८ बजेतिर बबई गाउँपालिका ७ मलई स्यानि खोला जंगलमा घाँस काटेर घर फर्किने क्रममा अचानक भिरबाट लडेर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक तथा सूचना अधिकारी नवचन्द्र मल्लले जानकारी दिए ।

बबई गाउँपालिका ७ मलई बस्ने रोबर बहादुर घर्तीकी १८ वषिया छोरी करिष्मा घर्तीको मृत्यु भएको हो । करिष्मा संगै सोही ठाउँ निवासी सुष्मा पुन पनि गएकी थिइन् । करिष्मा भिरबाट अन्दाजी ६५ मिटर तल लडेकी थिइन् ।

शवको प्रारम्भिक अनुसन्धान पछि पोष्ट मार्टम गरेर अभिभावकलाई जिम्मा लगाएको प्रहरीले जनाएको छ ।

Facebook Comments