• १६ बैशाख २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
खुमबहादुर खडकाको शालिक अनावरण गर्न पार्टी सभापति देउवा दाङ आउदै




दाङ । दाङ लमही नगरपालिका वडा नम्बर ९ अमेलियामा अबस्थित स्व. खुमबहादुर खडकाको शालिक अनावरण गर्न नेपाली काङ्ग्रेसका पार्टी सभापति शेर बहादुर देउवा चैत्र १६ दाङ आउने भएका छन ।

कांग्रेसभित्रका प्रभावशाली नेता मानिने स्व. खुम बहादुर खडकाको योगदान लाई सम्मान गर्दै यो शालिकको शिलान्यास दुई वर्षअघि तत्कालीन महामन्त्री पूर्णबहादुर खड्काले गरेका थिए ।

शालीन अनावरण कार्यक्रममा काङ्ग्रेसका सह–महामन्त्री किशोर सिंह राठौर, सह– महामन्त्री महालक्ष्मी डिना उपाध्याय , केन्द्रिय सदस्य दिपक गिरि , केन्द्रिय सदस्य कृष्ण किशोर घिमिरे ,केन्द्रिय सदस्य गेहेन्द्र गिरी लगाएतका नेताहरुको उपस्थिति रहने नेपाली काङ्ग्रेस दाङले जनाएको छ ।

काम सम्पन्न भैसकेको अबस्थामा पनि शालीन अनावरणमा ढिला भएको भन्दै नेपाली काङ्ग्रेसका कार्यकर्ताले नेतृत्व संग असन्तुष्टि पोख्दै आएका थिए । यहि चैत्र १६ गते अनावरण हुने खबर पाए संगै नेपाली काङ्ग्रेसका कार्यकर्ता तथा सुभेच्छुकहरुमा खुसियाली छाएको छ ।

Facebook Comments