• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
मैत्रीपूर्ण फुटबल प्रतियोगितामा फेन्सी व्यवसायी विजयी




दाङ । दाङ जिल्ला उद्योग वाणिज्य संघको ५४ औं स्थापना दिवसको अवसरमा आयोजित मैत्रीपूर्ण फुटबल प्रतियोगिता अन्तर्गत भएको आजको खेलमा गत बर्षको बिजेता राप्ती अञ्चल अटो एसोसिएसनलाई २-१ गोलको अन्तरले पराजित गर्दै रेडिमेट तथा फेन्सी व्यवसायी बिजय सुरुवात गरेको छ ।

घोराहीको भरतपुर मैदान भएको खेलमा पहिलो हाफ गोल रहित बराबर खेलको दोस्रो हाफमा ३ गोल भएको थियो जस्मा रेडिमेट तथा फेन्सी व्यवसायीका खेलाडी सम्राट शाह र कल्याण  श्रेष्ठ एक-एक गोल गर्न सफल भएका थिए ।

राप्ती अञ्चल अटो एसोसिएसन तर्फबाट खेलको अन्तिम तिर रामु पुनले एक गोल गरेता पनि हार बाट जोगिन सकिन र ३ बर्ष लगातार बिजेता टिम पहिलो खेल बाटै बहिरेको छ ।

भोली १५ गते बिहीबार पहिलो खेल किराना तथा गल्ला व्यवसायी र नेपाल सुनचाँदी व्यवसायी र दोस्रो खेल दाङ जिल्ला फोटोग्राफर एसोसिएसन र दाङ देउखुरी होटल व्यवसायीबीच हुने फुटबल प्रतियोगिताको संयोजक बिक्रम रानाले जानकारी दिनुभयो ।

संघले ५४ औं स्थापना दिवसको अवसरमा  फुटवल प्रतियोगिता, स्लो मोटर साइकल तथा स्कुटी प्रतियोगिता, हाजिरी जवाफ, बक्तित्वकला, व्याडमिटन , कुर्सीदौड, रक्तदान, बोरा दौड प्रतियोगिता कार्यक्रमहरु आयोजना गरेको छ । संघले यसअघि नै रक्तदान कार्यक्रम गरिसकेको जनाएको छ ।

Facebook Comments