• २४ बैशाख २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
समाजवाद निर्माणको लागि बलियो कम्युनिस्ट शक्ति आवश्यकः मन्त्री शर्मा




घोराही । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले समाजबाद निर्माणको लागी बलियो कम्युनिष्ट शक्ति आवश्यक रहेको बताउनुभएको छ ।

आज समाजबादी मोर्चा नेपाल, घोराही उपमहागरपालिका वडा नम्बर १७ र १८ को संयुक्त वडा भेलालाई सम्बोधन गर्दै मन्त्री शर्माले मुलुकमा राजनीतिक स्थिरता कायम गरी अहिलेको संविधान तथा राजनीतिक व्यवस्थालाई संरक्षण गर्दै शोषण, दमन, उत्पीडन, भेदभावविरूद्धका मुद्दामा समाजलाई सही दिशानिर्देशन गर्नका निम्ती कम्युनिष्ट शक्तिको आवश्यक रहेको बताउनुभयो । उहाँले देशमा राजनीतिक स्थायित्व र स्थिरता प्रदान गर्न अहिले निमार्ण भएको समाजबादी मोर्चालाई स्थापित गराइने बताउनुभयो ।

सरकारका प्रवक्ता समेत रहनुभएकी शर्माले अवको सरकारले समाजवाद लक्षित बजेटको निर्माण गर्ने बताउनुभयो । उहाँले आर्थिक विकास, समृद्धि र स्वाधीन राष्ट्रिय औद्योगिक पुँजीवादको विकासतर्फ राष्ट्रलाई अग्रसर हुँदै समुन्नत समाजवाद निर्माण तर्फ अगाडि बढ्ने बतोनुभयो ।

समाजवाद हासिल गर्न विकास, समृद्धि सामाजिक न्यायसहितको आत्मनिर्भर अर्थतन्त्रको खाँचो रहेको पनि बताउनुभयो । अहिले मौलाइरहेको भ्रष्टाचारको अन्त्य गर्न राजनीतिमा शुद्धीकरणको खाँचो औँल्याउँदै उहाँले शिक्षा, स्वास्थ्य, विकास र जनताको समृद्धिका विषयलाई आफ्नो पार्टीले प्राथमिकतामा राखेकाले समाजवादी मार्चाको भूमिका बढाउँदै लैजाने उहाँको भनाइ थियो ।।

Facebook Comments