• १५ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
स्थापन दिवसको अवसरमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता भोलिदेखि




दाङ । दाङ जिल्ला उद्योग वाणिज्य संघको ५४ औं स्थापना दिवसको अवसरमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता भोलि अर्थात् बुधबारदेखि सुरु हुने भएको छ ।

व्यवसायीबीच एकता सद्भाव एवं परिचात्मक हुने भन्दै संघले आफ्नो स्थापन दिवसको अवसरमा रचनात्मक काम गर्दै आएको दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष वसन्त जोशीले बताउनुभयो   ।

उद्घाटन खेलमा गत बर्षको बिजेता राप्ती अञ्चल अटो एसोसिएसन र उपबिजेता रेडिमेट फेन्सीबीच हुने फुटबल प्रतियोगिताको संयोजक बिक्रम रानाले जानकारी दिनुभयो ।

संयोजक राना अनुसार १५ गते बिहीबार पहिलो खेल किराना तथा गल्ला व्यवसायी र नेपाल सुनचाँदी व्यवसायी र दोस्रो खेल दाङ जिल्ला फोटोग्राफर एसोसिएसन र दाङ देउखुरी होटल व्यवसायीबीच हुनेछ भने १६ गते शुक्रबार सेमिफाइनल खेल हुनेछ ।

संघले ५४ औं स्थापना दिवसको अवसरमा  फुटवल प्रतियोगिता, स्लो मोटर साइकल तथा स्कुटी प्रतियोगिता, हाजिरी जवाफ, बक्तित्वकला, व्याडमिटन , कुर्सीदौड, रक्तदान, बोरा दौड प्रतियोगिता कार्यक्रमहरु आयोजना गरेको छ । संघले यसअघि नै रक्तदान कार्यक्रम गरिसकेको जनाएको छ ।

Facebook Comments