• २१ मंसिर २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
गजल : युवा शक्ति !




खुम सी

हामी युवा हुनुभन्दा पहिले नै वृद्ध झै बनाइएको छ,
गल्ती सबै आफू गरी दोष युवा मै खनाइएको छ।

श्रम, उत्पादन र अनुसन्धान गरी आत्मनिर्भर बनाउनुपर्ने
युवाले पठाएको रेमिट्यान्स मै रमाइएको छ।

आवाज भएर पनि आवाज विहिन किन युवा हो
हेर्नुसत आज देशमा भ्रष्टाचार गनाइएको छ।

हामी बेचिरहेका छौं अझै कहिलेसम्म बेचिनु पर्ने हो
देशमा युवा शक्ति सकिँदा दलाल विदेशी मौलाइएको छ।

सबै वर्गलाई समेट्दै देशलाई निकास र विकास दिन
नेपाल कम्युनिष्ट पार्टीले नेपाली विशेषताको समाजवाद अगाडि ल्याइएको छ।

गजल लेखक खुम सी अखिल समाजवादीका केन्द्रीय सदस्य तथा पूर्वी दाङ जिल्लाका अध्यक्ष हुनुहुन्छ ।

Facebook Comments