दाङ । गुरुकुल एकेडेमी तुलसीपुरले होली विषेश कार्यक्रम गरेको छ । तुलसीपुर–६ रजौरामा रहेको विद्यालयले सोमबार होली विषेशमा विभिन्न कार्यक्रम सम्पन्न गरेको हो । विद्यालयका प्रधानाध्यापक मुकुन्द गिरीको अध्यक्षतामा होली विषेश कार्यक्रम गरिएको हो ।
त्यस अवसरमा विद्यालयका सिइओ जयन्तकुमार उपाध्याय र अभिभावक डा. जीतबहादुर गिरी लगायतले होलीको शुभकामना व्यक्त गर्दै पर्वले आपसी सद्भाव फैलाउने बताउनुभयो ।
यस्तै विद्यालयले घैटाफोड प्रतियोगिता गरेको छ । घैटाफोड प्रतियोगितामा अभिभावक ऋषीराज वली प्रथम हुनुभएको हो । उहाँलाई नगद पुरस्कारसमेत प्रदान गरिएको हो ।
यस्तै टोकन प्रणालीमा आधारित चिठ्ठा कार्यक्रममा सन्तोषी खड्का र संगीता केसी बिजेता बन्नुभएको विद्यालयले जनाएको छ । त्यस अवसरमा कार्यक्रममा सहभागी अभिभावकले घोडा सवार समेत गरेका छन् ।
यस्तै होलीको कथावस्तुमा आधारित नाटक विद्यालयका शिक्षकले अभिनय गरिएको नाटक समेत प्रस्तुत गरिएको विद्यालयले जनाएको छ । विद्यालयका सहायक प्रधानाध्यापक ज्ञानेन्द्र बुढाको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण बासुदेव योगीले गर्नुभएको हो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।