• १५ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
पत्रकार महासंघ दाङको १२ औं अधिवेशन तथा प्रदेशस्तरीय मिडिया महोत्सव आगामी बैशाखमा




घोराही । नेपाल पत्रकार महासंघ दाङ शाखाले आफ्नो १२ औं अधिवेशन तथा लुम्बिनी प्रदेशस्तरीय मिडिया महोत्सवको आगामी बैशाख ३ र ४ गते घोराहीमा गर्ने भएको छ ।

शाखा अध्यक्ष दुर्गालाल केसीको अध्यक्षतामा आइतबार बसेको बैठकले नेपाल पत्रकार महासंघ दाङ शाखाको २२ औं साधारणसा, १२ औं अधिबेशन तथा लुम्बिनी प्रदेशस्तरीय मिडिया महोत्सव यही २०८१ बैशाख ३ र ४ गते घोराहीमा सम्पन्न गर्ने निर्णय गरेको हो ।

महासंघको अधिवेशन तथा प्रदेशस्तरीय महोत्सवलाई भब्य रुपमा सफल बनाउनका लागि विभिन्न समितिहरु गठन गरेको महासंघले जानकारी दिएको छ । महासंघका अध्यक्ष दुर्गालाल केसीको संयोजकत्वमा कार्यसमिति, पूर्व पदाधिकारी र जिल्लाका सञ्चार संघ संगठनका प्रमुख सदस्य रहेको मुल व्यवस्थापन समिति गठन गरिएको छ । यसैगरी मुल व्यवस्थापन समितिको सल्लाहकारमा महासंघका पूर्व अध्यक्षहरु, वर्तमान सल्लाहकारहरु एवं पूर्व केन्द्रीय सदस्यहरुलाई राखिएको छ ।

यस्तै सचिव आरके शितलको संयोजकत्वमा सहसचिवहरु दशरथ घिमिरे, दिप्तीशिखा चौधरी, सदस्य उदय बिसी र कुलदीप न्यौपाने सदस्य रहेको प्रचारप्रसार समिति गठन गरिएको छ । उपाध्यक्ष बसुन्धारा गौतमको संयोकत्वमा सहसचिव दिप्तीशिखा चौधरी, सदस्यहरु अन्जना चौधरी, यमकला भुसाल र उमा भण्डारी सदस्य रहेको अतिथि सत्कार समिति गठन भएको छ । सदस्य जीवन नेपालीको संयोजकत्वमा दिपक बोहोरा, विवेक खड्का, गिरिराज नेपाली र दुखहरण यादव सदस्य रहेको मञ्च व्यवस्थापन समिति गठन महासंघले जनाएको हो ।

यसैगरी साधारणसभा तथा अधिबेशनमा पुरस्कृत हुने प्रतिभा छनौटका लागि अध्यक्ष दुर्गालाल केसीको संयोजकत्वमा उपाध्यक्षहरु बसुन्धारा गौतम र सन्तोष सुवेदी सदस्य रहेको समित गठन गरिएको छ ।

 

Facebook Comments