• १५ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अर्गानिक कृषि प्रवद्र्धन र किसानको दक्षताको लागि तालिम




सल्यान । अर्गानिक खेतिलाई बढावा दिन र अगुवा कृषकलाई दक्ष बनाउन सल्यानको छत्रेश्वरी गाउँपालिकामा तालिम प्रदान गरिएको छ । अगुवा कृषकलाई दक्ष बनाई अन्य कृषकलाई पनि ज्ञान प्रदान गर्ने उद्देश्यले दुई दिने तालिम प्रदान गरिएको गाउँपालिकाले जनाएको छ । अगुवा कृषकहरुलाई विषादीको प्रयोग विना कसरी रोग किरा नियन्त्रण गर्ने लगाएतका विषयमा तालिम प्रदान गरिएको गाउँपालिकाका नायव प्राविधिक सहायक दिपक पुनले जनाए ।

शनिबार तालिम समापन कार्यक्रममा बोल्दै छत्रेश्वरी ६ का वडा अध्यक्ष टिकाराम बुढाले विषादीको बढ्दो प्रयोगले मानिसको स्वास्थ्य र वातावरणमा नराम्ररी असर पारिरहेको भन्दै विषादीको प्रयोग न्यूनीकरणका लागि अर्गानिक खेती एक मात्र विकल्प भएको बताए । यस्तै गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजाराम रिजालले मन्तव्य राख्दै अगुवा कृषकहरुले तालिममा सिकेका कुरालाई व्यवहारमा लागू गर्दै अर्गानीक खेतीतर्फ अग्रसर हुन र गाउँमा अन्य किसानकहाँ पनि सचेतना फैलाउन जरुरी रहेको बताए ।

तालिममा सहभागि संघारमुलका अगुवा कृषक चन्द्रकला पुनले अन्न, फलफुल तथा तरकारी खेतीमा लाग्ने रोग किरा र त्यसको नियन्त्रणका लागि जैविक तरिकाको बारे धेरै महत्वपूर्ण जानकारी लिन पाइएको बताइन् । यस्तै अर्का अगुवा कृषक चेतनाथ योगीले यस किसिमको तालिम किसानको बस्ती बस्तीमा सञ्चालन गर्नुपर्ने भन्दै आफुले सिकेको कुरा अन्य किसानलाई सुझाउने बताए ।

बाली चक्र अपनाउँदै खेती प्रणाली सुधार गरेर तथा पासोको प्रयोग मार्फत रोग किरा नियन्त्रण गर्न सकिने गाउँपालिकाका कृषि स्नातक प्राविधिक महेश भण्डारीको भनाई छ । उनले निम, टिमुर, सुर्तीको झोल मल प्रयोग गरेर वानस्पतिक तरिकाले पनि बालीनालिका शत्रु जीव व्यवस्थापन गर्न सकिने बताए । ब्याक्टेरियाजन्य जैविक विषादी, रोगनाशक जैविक विषादी, भाइरसजन्य जैविक विषादी, ढुसीजन्य जैविक विषादी प्रयोग गर्ने सम्बन्धमा पनि किसानहरुलाई तालिममा अभिमुखिकरण गरिएको उनले जनाए ।

धान, गहुँ, मकै, काउली, आलु लगाएत सुन्तला जातका फलफुलमा लाग्ने रोग किरा व्यवस्थापन र कृषि विमाका बारेमा अगुवा कृषकलाई तालिम प्रदान गरिएको कृषि विकास शाखाले जनाएको छ । तालिम समापन कार्यक्रममा छत्रेश्वरी गाउँपालिकाका सूचना प्रविधि अधिकृत मिलन वली, लेखापाल कमल बडुवाल, नायव प्राविधिक सहायक गणेश भण्डारी लगाएतको पनि सहभागिता रहेको थियो । कार्यक्रमको सहजिकरण पत्रकार शंकर केसीले गरेका थिए ।

 

Facebook Comments