• १५ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
प्रथम घोराही गोल्डकप फुटवल प्रतियोगिता शुरु




घोराही । घोराही उपमहानगरपालिकाको आयोजनामा शनिबार देखि घोराही १८ नवलपुर खेल मैदानमा प्रथम घोराही गोल्डकप फुटवल प्रतियोगिता शुरु भएको छ ।

घोराही उपमहानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्र पुनको अध्यक्षता एवं घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यता र शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतको विशिष्ट आतिथ्यतामा प्रतियोगिताको उद्घाटन गरिएको हो ।  अन्तरपालिका स्तरी फुटवल प्रतियोगितामा घोराही सहित ७ स्थानीय तहबाट प्रतिनिधित्व हुनेगरी खेलाडीहरु सहभागि भएका छन् ।

प्रतियोगिताको उद्घाटन गर्दै नगर प्रमुख चौधरीले खेल क्षेत्रको विकास र खेलाडीहरुमा निखारता ल्याउनका लागि अन्तरपालिका खेलको आयोजना गरिएको बताउनुभयो ।
खेलकुदको माध्यमबाट युवाहरुलाई अनुशासन, मेहनत, लगनशिलता र कुलत रहित बनाउने समेत योजना रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा विशिष्ट आथिती शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतले खेलकुद कै माध्यमबाट दक्ष र अनुशासीत जनशक्ति तयार पार्न सकिने बताउनुभयो । खेल क्षेत्रमा पालना भएका नियम जस्तै अन्य क्षेत्रमा पनि नियम र अनुशासनको खाँचो रहेकोमा समेत जोड दिनुभयो ।

कार्यक्रममा सामाजिक विकास समितिका संयोजक राममणि पाण्डे, वडा नम्बर १८ का अध्यक्ष भरतमणि अर्याल, खेलकुद विकास समितिका सदस्य केशब थापाले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

शनिबार भएको पहिलो खेलमा शान्तिनगर गाउँपालिकालाई एक विरुद्ध तीन गोल गर्दै घोराही उपमहानगरपालिका विजयी भएको छ । घोराहीका तर्फबाट विकेश चौधरी, कमल विकले एक एक गोल गर्नुभयो भने शान्तिनगरले आत्मघाती एक गोल गरेको थियो । अर्को तर्फ शान्तिनगरका नविन केसीले एक गोल गर्नुभयो । प्रतियोगितामा घोराहीका विवेक कैला म्यान अफ द म्याच हुनुभयो । आज आइतबार राप्ती गाँउपालिका र तुल्सिपुर उपमहानगरपालिका बिच दिनको २ बजे नवलपुर खेलमैदानमा खेल हुनेछ ।

Facebook Comments