• २४ बैशाख २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङमा करेन्ट लागेर एकै घरका ३ जनाको मृत्यु




दाङ । दाङमा करेन्ट लागेर एकै घर परिवारका ३ जनाको मृत्यु भएको छ ।

राप्ती गाउँपालिका वडा नम्बर ३, तल्लो मसुरिया चोकमा शनिबार दिउँसो करिब दुई बजेको समयमा विद्युतको तार चुडिएर करेन्ट लाग्दा एकै घरका ३ जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ ।

करेन्ट लाग्दा सोही ठाउँ निवासी चन्द्रबहादुर केसीका छोरा वर्ष ४ को कृष्ण केसी र हजुरआमा ५५ वर्षीय दिलसरा केसी र ६० वर्षीय हजुरबुवा गोरखबहादुर केसीको मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुबाङका प्रमुख प्रहरी निरीक्षक उज्जलबहादुर सिंहले जानकारी दिएका छन् ।

त्यस्तै घाइते मध्ये हजुरआमा र नातिको लमही अस्पताल र हजुरबुवाको बुटवलमा उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक सिंहले जानकारी दिए । घरको आगनमा उभिएको अवस्थामा चुडिएको तारले करेन्ट लागेर उनीहरूको मृत्यु भएको प्रहरी निरीक्षक सिंहले जानकारी दिए ।

एक्कासी बिजुलीको तार चुँडिएर घरको आँगनमा खस्न पुग्दा कृष्णलाई करेन्ट लागेको पछि बचाउन जाँदा हजुरबुबा र हजुरआमालाई पनि करेन्ट लागेको थियो । नेपाल विद्युत प्राधिकरणको हाइटेन्सन लाइनको तार चुडिएर करेन्ट लागेको बताइएको छ । विधुतको लापरबाहीले तार चुडिएर मानवीय क्षति भएको स्थानीयहरूले बताएका छन् । अहिले मृतकका आफन्तले क्षतिपूर्तिको माग राखि विधुत जोड्न दिएका छैनन् ।

 

Facebook Comments