• १५ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
राजपुर दुर्घटना : मोटरसाइकल सवार दुई जनाकै मृत्यु




दाङ ।  बस र मोटरसाइकल एक आपसमा ठोकिएर गम्भीर घाइते भएका राजपुर गाउँपालिका-५ नौसहराका प्रदीप यादवको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी जनक बहादुर मल्लले जानकारी दिनुभयो ।

दुर्घटनामा गम्भीर घाइते भएका प्रदीपलाई लमही अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि नेपालगंज लैजादै गर्दा मृत्यु भएको डिएसपी मल्लले बताउनुभयो ।

हिजो शनिबार  साँझ राजपुर गाउँपालिका-५ जंग्रहवा र नौसहरा बिचमा रहेको कोरियाखोला पुल नजिक गंगदीतर्फ जाँदै गरेका रा १ ख २३६० नम्बरको यात्रु बस र पूर्वतर्फ आउदै गरेको रा ७ प २०७ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका थिए । सो क्रममा मोटरसाइकलमा सवार प्रमोद यादवको घटनास्थलमै मृत्यु भएको थियो ।

Facebook Comments