दाङ । बस र मोटरसाइकल एक आपसमा ठोकिएर गम्भीर घाइते भएका राजपुर गाउँपालिका-५ नौसहराका प्रदीप यादवको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी जनक बहादुर मल्लले जानकारी दिनुभयो ।
दुर्घटनामा गम्भीर घाइते भएका प्रदीपलाई लमही अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि नेपालगंज लैजादै गर्दा मृत्यु भएको डिएसपी मल्लले बताउनुभयो ।
हिजो शनिबार साँझ राजपुर गाउँपालिका-५ जंग्रहवा र नौसहरा बिचमा रहेको कोरियाखोला पुल नजिक गंगदीतर्फ जाँदै गरेका रा १ ख २३६० नम्बरको यात्रु बस र पूर्वतर्फ आउदै गरेको रा ७ प २०७ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका थिए । सो क्रममा मोटरसाइकलमा सवार प्रमोद यादवको घटनास्थलमै मृत्यु भएको थियो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।