• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
राजपुरकोे दुर्घटना अपडेट : एकजनाको घटनास्थलमै मृत्यु, एक घाइते




श्रवण कुमार यादव
राजपुर । दाङकाे राजपुरमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।

पूर्व देखि पश्चिम जाँदै गरेको १ ख २३६० नम्बरकाे रोयल याताात सेवाकाे बसले राजपुर-५, नौंसहरामा पश्चिम देखि पूर्व आइरहेको रा २ पा रा ७ प २०७ नम्बरको मोटरसाइकललाई आज शनिबार बेलुका करिब ७ बजेतिर ठक्कर दिँदा बाइकमा सवार रहेका दुई जना दुर्घटनामा परेका हुन् ।

दुर्घटनामा परी मृत्यू हुनेमा राजपुर-५, नौंसहरा निवासी मनोहर यादवका छोरा अन्दाजी २४ वर्षीय प्रमोद यादव र घाइते हुनेमा सोही ठाउँ निवासी प्रदिप यादव रहेको ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक नविन वलीले जानकारी दिनुभएको छ।

घाइतेलाई उपचारको लागि लमही अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ ।

Facebook Comments