• १५ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
भिएन मन्टेश्वरीका विद्यार्थीहरु दीक्षित




घोराही । घोराहीस्थित भिएन मन्टेश्वरी स्कूलमा अध्ययनरत  विद्यार्थीहरु दीक्षित भएका छन्  । मन्टेश्वरी स्कूलले शनिबार आफ्नो दोस्रो दीक्षान्त समारोह तथा अभिभावक भेटघाट कार्यक्रम आयोजना गरी  प्री- टुमा अध्ययनरत विद्यार्थीहरुलाई दीक्षित गरेको हो   ।

 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रप्रकाश खनालको अध्यक्षता एवं नेपाल संस्कृति विश्वविद्यालय बेल्झुण्डी दाङका  प्राध्यापक अर्जुन प्रसाद सुवेदीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि सुवेदीले आजका बालबालिका भोलिका देशका खम्बा भएको बताउँदै उनीहरूलाई सही मार्ग निर्देशन  गर्नुपर्ने बताए  ।  उनले बालबालिकाको विभिन्न प्रस्तुतिले नै आफू प्रभावित भएको भन्दै कला र प्रस्तुतिका लागि विद्यालयको  प्रशंसा गर्दै आगामी दिनमा थप सफलताको कामना व्यक्त गरे ।  मानव जीवनमा विद्या सबैभन्दा ठूलो भएको हुँदा   शिक्षालाई सिर्जनात्मक र रचनात्मक बनाउँदै संस्कार, संस्कृति र प्रविधिसँग जोड्नु आजको आवश्यकता भएको  कुरामा उनको जोड थियो ।

शिक्षा साना-साना कुराले पनि प्रभाव गर्ने भएको हुँदा  जीवनका हरेक कुरा आवश्यक रहेको भन्दै अभिभावकहरुले आफ्ना बालबालिकालाई खुसीसँगै व्यवहारिक ज्ञान र सीपपनि सिकाउनुपर्ने प्रमुख अतिथि सुवेदीको भनाइ छ ।

शिक्षाविद् गोबिन्द न्यौपानेले   संस्थामा राम्रो  व्यवस्थापन भएमात्र संस्थाले सफलता हासिल गर्ने भन्दै  यो विद्यालय सञ्चालक टिमले  व्यवस्थापन पक्षमा निर्वाह गरेको भूमिका महत्त्वपूर्ण भएको बताए । उनले नयाँ सोच र नयाँ विचारकासाथ सञ्चालनमा आएको भिएन स्कूलले छोटो समयमै विद्यार्थी र अभिभावकको मन जित्न सफल भएको कुरामा जोड दिए ।

विद्यालयका प्रीन्सीपल द्रोण खड्काले विद्यालय स्थापना कालदेखि नै विद्यार्थीलाई गुणस्तरीय र व्यवहारिक शिक्षा प्रदान गर्दै आइरहेको बताए । उनले यो विद्यालय २०४७ सालमा स्थापना भएको भएपनि कोभिडपछि नयाँ टिम र नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको विद्यालयले छोटो समयमै विभिन्न शैक्षिक उपलब्धिहरु हासिक गर्नमा सफल भएको जानकारी दिए । आगामी दिनमा विद्यालयलाई थप व्यवस्थित बनाउनका लागि विद्यालयले अभिभावकहरुको सल्लाह र सुझावलाई ग्रहण गरेर अगाडि बढ्ने प्रअ खड्काको भनाइ थियो ।

कार्यक्रममा शैक्षिक सत्र २०७९ सालमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीलगातलाई पुरस्कार वितरण गरिएको थियो ।

कार्यक्रममा प्री- टु र कक्षा १ का विद्यार्थीहरुले स्वागत नृत्य प्रस्तुत गरेका थिए भने प्लेग्रुप, फाउन्डेसन, प्री- वन, प्री- टु र कक्षा १ का विद्यार्थीहरुले विभिन्न एकल तथा सामूहिक  नृत्यहरु प्रस्तुत गरेका थिए ।  कार्यक्रममा विद्यालयका शेयर सदस्य, शिक्षक / शिक्षिका, अभिभावक र विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

विद्यार्थी समीक्षा रुचालको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजीकरण मन्टेश्वरी शिक्षिका  मिनाक्षी बुढाथोकीले गरेकी थिइन् ।

Facebook Comments