• १५ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
उद्योग बाणिज्य संघको निर्वाचनमा दलहरूको रजाइँ : जनप्रतिनिधि नै सक्रिय




हिमाल शर्मा
सल्यान । आसन्न बैशाख ८ गते हुने सल्यान उद्योग बाणिज्य संघको निर्वाचनमा उद्योगी व्यावसायिकहरुदेखि लिएर जिल्लाका राजनैतिक दलहरु पनि निर्वाचन सकृय भएका छन् ।

यस भन्दा पहिले पनि निर्वाचनमा प्रतिस्ठाको विषय बनाएका राजनीतिक दलहरूले एस पटक पनि निर्वाचनलाई प्रतिस्ठाको विषय बनाएर मैदानमा होमिएका छन । सङमा गठबन्धनको समीकरण फेरबदल भए सगै जिल्लामा पनि गठबन्धन फेरबदल भएको छ । सत्तारूढ दर नेकपा एमाले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजबादीले संयुक्त ब्याबसाहिक प्यानल खडा गरेर उम्मेदवारी दर्ता गरेका छन भने उता नेपाली काङ्ग्रेसले राप्रपा लाई साथमा लिएर निर्वाचनमा होमिएको छ । नेपाली काङ्ग्रेस बाट निर्वाचित वडा अध्यक्ष देखि लिएर प्रदेशका माननीय समेतले सो निर्वाचनलाई प्रतिस्ठाको बिसय बनाएका छन ।

आफ्ना तर्फका उम्मेदवार लाई जिताउन सबै सकृय भएका छन भएका छन । आज भएको उम्मेदवारी दर्तामा पालिका अध्यक्ष, उपाध्यक्ष देखि लिएर प्रदेशका माननीय समेत उम्मेदवारी दर्तामा सकृय भएर उम्मेदवारी दर्तामा सहभागी भएका थिए । नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृतका समाजबादी पार्टीको तर्फबाट बिरेन्द्र कुमार श्रेष्ठ लाई अध्यक्षका लागि अगाडि सारेका छन भने काङ्ग्रेस र राप्रपाको गठबन्धनले भरत बस्नेत लाई अध्यक्षको उम्मेदवार बनाएकोछ ।

यसरी राजनैतिक दलहरू उद्योग बाणिज्य संघको निर्वाचनमा होमिनु प्रतिस्ठाको बिसय बनाएका छन । एकले अर्को लाई कसरी पराजित गर्न सकिन्छ भनेर दुबै तर्फका नेता कार्यकता लागि परेका छन । संयुक्त व्यवसायीक प्यानल बाट वरिष्ठ उपाध्यक्षमा राजेन्द्र कुमार थापा, वाणिज्य उपाध्यक्षमा राजेन्द्र बहादुर भण्डारी, उद्योग उपाध्यक्षमा पलविर नेपाली , महासचिवमा मोहन सारु, सचिवमा रन बहादुर खडका, र कोषाध्यक्षमा नरेन्द्र बुढामगरले उम्मेदवारी दर्ता गरेका छन् ।

यस्तै संयुक्त लोकतान्त्रिक व्यवसायीक प्यानलबाट वरिष्ठ उपाध्यक्षमा धिरज केसी, वाणिज्य उपाध्यक्षमा चन्द्र बहादुर बुढा, उद्योग उपाध्यक्षमा हपिस भण्डारी , महासचिवमा मान बहादुर वली , सचिवमा ईन्द्रा भण्डारी र कोषाध्यक्षमा कमल घर्तिमगरले उम्मेदवारी दिनुभएको छ । साथै महिला सदस्य, दलित सदस्य, जनजाती सदस्य, अल्पसंख्यक सदस्य, खुल्ला सदस्य वस्तुगत सदस्य पदका लागि पनि दुबै प्यानलले आआफ्नो उम्मेदवारहरु खडा गरेका छन ।

सदस्यहरुमा संयुक्त व्यवसायीक प्यानल बाट महिला सदस्यमा हिरा चन्द, बिमला गिरी, गिता घर्ति, रहनुभएको छ भने दलित सदस्यमा प्रकाश परियार, जनजाती सदस्यमा हरी बहादुर गुरुङ, अल्पसंख्यकमा मुस्तपा मिया रहनु भएको छ । यस्तै खुला सदस्यहरुमा गोफलो वली, चन्द्र बहादुर राना, बिरजंग वली, छबिलाल बिसी, बिर बहादुर डाँगी, लिलाध। शर्मा, टोप बहादुर वली र बस्तुगत सदस्यमा लाल बहादुर खत्री गरी २१ ज्नाको उम्मेदवारी परेको छ ।

यस्तै लोकतन्त्र व्यवसायीक प्यानल बाट खुला सदस्यमा शंकर बुढाथोकी, शिवराज केसी, भद्र बहादुर बुढा, राजन भण्डारी, कल्पना डाँगी केसी, सुदिप सुनार, मान बहादुर वलीले उम्मेदवारी दर्ता गर्नुभएको छ । महिला सदस्यहरुमा कमला अधिकारी, तिला कु्मारी केसी, लालमती बस्नेत रहनुभएको छ भने जनजाती तर्फ डिल्ली बहादुर पुन मगर, दलित तर्फ हात्तिराम कामी, अल्पसंख्यक तर्फ साहिलदास मिया र बस्तुगत सदस्यमा कर्ण बहादुर डाँगी महेन्द्रले उम्मेदवारी दर्ता गराउनु भएको छ ।

निर्वाचन कार्यतालिका अनुसार चैत १२ गते उम्मेदवारको नामावली उपर दावि विरोध तथा उम्मेदवारी फिर्ताको समय रहने र चैत १५ गते उम्मेदवारको नामावली उपर छानविन, उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा नमुना मत पत्र प्रकाशनको तालिका रहेको छ भने बैशाख ८ गते विहान ८ वजे देखी साँझ ४ वजे सम्म मतदानको समय तोकिएको छ ।

Facebook Comments