• १६ बैशाख २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
मैत्रीपूर्ण फुटबल खेलमा कर्मचारी टिम टाइब्रेकरबाट विजयी




घोराही । साझा टाइम्स प्रालिको आयोजनामा शुक्रबार भएको मैत्रीपूर्ण फुटबल खेलमा तुलसीपुर उपमहानगरपालिकाको कर्मचारी टिम बिजयी भएको छ ।

साझा टाइम्स प्रालिको पाँचौ बार्षिक उत्सवको अवसरमा आयोजना गरीएको मैत्रीपूर्ण फुटबल खेलमा निकै कडा प्रतिष्पर्धा भएको थियो । पहिला भएको ४०/४० मिनेटमा भएको खेलमा समान ६/६ गोल भएपछि पुनः ७/७ मिनेटको समय थप गरी नतिजा निकाल्ने प्रयास गरीएको थियो तर उक्त थप गरीएको समयमा पनि नतिजा निस्किन नसेपछि खेल टाइब्रेकरमा पुगेको थियो । खेल अबधिभर उत्कृष्ट खेल प्रदशर्न गरेका पत्रकारको समुहले अत्तिम समयमा सानो गल्तिले पेनाल्टि सुटआउट बल बाहिर जादा बिजेता बन्नबाट चुकेको थियो । खेल बेलझुण्डि रंगशालामा भएको थियो ।

यसरी खेल क्षेत्रबाट आफ्नो बार्षिक उत्सव मनाउदा र अन्य बिभिन्न खेल प्रतियोगिता आयोजना हुँदा जिल्लालाई खेलकुदको अब बनाउन सकिने बक्ताहरुले बताएको थिए ।

स्वास्थ्यका लागि खेलकुद निकै आबश्यक भएको हुदा साझा टाइम्स अनलाइनले गरेको खेल आयोजना लागि शुभकामना समेत प्रदान गरेका थिए । कार्यक्रमका अतिथिहरुले अनलाइनको सफलताको शुभकामना ब्यक्त गर्दै पत्रकार तथा मिडिया चलाउनको लागि जुन कठिन परीस्थितिमा पनि यस्ता  खालका कार्यक्रमहरु आयोजना गर्दा यसले बिभिन्न फाइदा हुने बताएका  थिए ।

साझा टाइम्सका अध्यक्ष तथा संचालक सुमन केसीको अध्यक्षतामा तथा तुलसिपुर उपमहानगरपालीकाका खेल संयोजक शिवानन्द डाँगीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सहजीकरण खेल संयोजक दिपक वलीले गर्नुभएको थियो । अनलाइनको बार्षिक उत्सवको अवसरमा आज मैत्रिपुर्ण फुटबल खेलको आयोजना भएको थियो भने भोलि शनिवार एक औपचारीक कार्यक्रमको आयोजना गरी बिभिन्न बिधामा सहयोग गर्ने ब्यक्तिहरुलाई सम्मान गरीने संस्थाका अध्यक्ष तथा संचालक सुमन केसीले बताउनुभयो ।

Facebook Comments