• १५ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
होटल दाङ फन भ्यालीले होली विशेष सांस्कृतिक कार्यक्रम गर्ने




दाङ। होली पर्वको अवसरमा पारेर होटल दाङ फन भ्यालीले विशेष सांस्कृतिक कार्यक्रम गर्ने भएको छ । यही चैत १२ गते राष्ट्रिय स्तरका ख्याती प्राप्त कलाकारहरुको विशेष उपस्थितीमा होटल दाङ फन भ्याली परिसरमा होली विशेष सांस्कृतिक कार्यक्रम गर्न लागेको होटलका अध्यक्ष मिनराज घिमिरेले जानकारी दिनुभयो ।

घोराही १० अम्राईमा रहेको होटल फन भ्यालीमा शुक्रबार पत्रकार सम्मेलन गरेर होली पर्वको धार्मिक, सांस्कृतिक महत्वलाई संरक्षण गर्न तथा पर्वलाई मनोरन्जनात्मक बनाउन राष्ट्रिय स्तरका कलाकारहरुलाई दाङमा ल्याएर विशेष कार्यक्रम आयोजना गर्न लागिएको उहाँले बताउनुभयो ।

‘परम्परागत लोकसंस्कृति जोगाउन र पर्वलाई पूर्ण मनोरन्जनात्मक बनाउन हामीले १२ गते राष्ट्रिय स्तरका कलाकार दाङमा ल्याउँदैछौँ, यसले पर्वलाई सदभावपूर्ण रुपमा मनाउने कोशिस हो भने अर्कोतिर हाम्रा ग्राहक पाहुनाहरुलाई मनोरन्जन पनि दिनुपर्छ भनेर होलीलाई विशेष बनाउन खोजेका छौँ’, उहाँले भन्नुभयो ।

सुविधा सम्पन्न होटलमा होली विशेष कार्यक्रमका साथै खानपान तथा मनोरन्जनसमेत गर्न सकिने भएको छ । यसका लागि प्रतिव्यक्ति ३ सय रुपैयाँ टिकटको व्यवस्था गरिएको उहाँले बताउनुभयो । उक्त टिकटले दिनभर स्वीमीङ गर्नुका साथै कलाकारहरुको सांगितीक प्रस्तुती हेर्न सकिनेछ । उक्त दिन होटलबाट प्रदान गरिने सेवामा ५ देखि १० प्रतिशतसम्म छुटको व्यवस्था पनि गरिएको अध्यक्ष घिमिरेले बताउनुभयो ।

होटल परिसरमा सुरक्षा व्यवस्था पनि बलियो बनाईएकाले पूर्ण पारिवारिक वातावरणमा होली पर्व मनाउनका लागि होटल दाङ फन भ्यालीले अवसर सिर्जना गरेको होटल संचालक एवम् प्रबन्धक नरेशकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँले उक्त दिन काठमाडौबाट ६ जनाको कलाकार र डिजेसहितको विशेष सांगितीक प्रस्तुति रहने भएको छ ।

होटल दाङ फन भ्यालीमा होटल सेवासँगै सबै उमेर समुहका लागि स्वीमीङ पुल, बालबालिकाहरुका लागि उद्यान, एअरक्राफ्ट डेमो, रेष्टुरेण्टसँगै शान्त र पारिवारिक वातावरणमा बालबालिकाहरुको मनोरन्जनका लागि खेल सामग्री पनि उपलब्ध रहेको प्रबन्धक श्रेष्ठले बताउनुभयो ।

Facebook Comments