• २४ बैशाख २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
जमानीमा रिहा भएका पूर्वसभमुख महरा केही दिन अस्पतालमै रहने




काठमाडौं । हाजिर जमानीमा रिहा भएका पूर्वसभामुख कृष्णबहादुर महरा केही दिन अस्पतालमै रहने भएका छन । स्वास्थ्य अवस्थाका कारण चिकित्सकको सल्लाहअनुसार अझै केही दिन अस्पतालमै राखिने पारिवारिक स्रोतले बतायो ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौको सहमतिमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उनलाई हाजिर जमानीमा छोड्ने निर्णय गरेको थियो । उनलाई इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर ल्याएको सुनबारे अनुसन्धान गर्न प्रहरीले चैत ५ मा उनलाई रुपन्देहीबाट पक्राउ गरी काठमाडौ ल्याइएको थियो ।

सीआईबीका अनुसन्धान अधिकृतहरूले दुई दिन लगातार महराको बयान लिएका थिए । स्वास्थ्यका कारण नर्भिक अस्पतालमा भर्ना भएका महरालाई ब्युरोका अनुसन्धान अधिकृतहरूले बुधवार र बिहीबार माइतीघरस्थित जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा ल्याएर बयान गराएका थिए । महराले ८ प्रकारका औषधि सेवन गर्दै आएका छन । उनको घाँटीको टीबी र मस्तिष्कको नशामा समस्या छ ।

Facebook Comments