• १५ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
विद्यालयमै पुगेर नेपाल बैंकको बित्तीय साक्षरता कार्यक्रम




घोराही । विश्वव्यापी मुद्रा सप्ताह २०२४ अन्तर्गत नेपाल बैंक लिमिटेड दाङ शाखाले घोराही -१९ होड्बाङमा रहेको भगवती मावि होडबाङमा वित्तीय साक्षरता कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ । विद्यालयमा अध्ययनरत बिद्यार्थीहरुको माझ उक्त कार्यक्रम संचालन गरिएको बैंकले जनाएको छ ।

बदलिदो समयमा बित्तीय कारोवार अनिवार्य र अपरिहार्य बन्दै गएको र पछिल्लो समय बित्तीय जानकारी सबैलाई हुनुुपर्ने तथा अहिलेको समयमा देखिएको अर्थतन्त्र सम्बन्धमा देखिएका समस्या समाधान का लागि हरेक व्यक्तिमा वित्तीय चेतना हुनुपर्ने भएका कारण विश्वव्यापी मुद्रा सप्ताह २०२४ को साप्ताहिक कार्यक्रमको अवसर पारेर विद्यार्थीलाई अभिमुुखीकरण गरिएको बैंकका कर्मचारी संजय पाण्डेले जानकारी दिनुभयो ।

बैंकका सहायक प्रबन्धक नवराज आचार्यको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रममा शाखाका कर्मचारी दिपक वली, सन्दिप रजौरे, शाखा प्रबन्धक केशव सुवेदी, बिशिस्ट अतिथि बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवराज घर्ती मगर, प्रमुख अतिथि एवं विद्यालयका प्रधानाध्यापक कृष्ण बहादुर डाँगी,वडा सदस्य हुकुमा घर्ती लगायतकाले बचतले जीवनमा पुु¥याउने सहयोग र वित्तीय साक्षरताले दिने फाईदा तथा डिजिटल कारोवार एवं बैकिङ तथा वित्तीय क्षेत्रको बारेमा विद्यार्थीहरुलाई जानकारी गराउनुभएको थियो ।

बैंकका शाखा प्रबन्धक केशव सुवेदीको अध्यक्षता एवं विद्यालयका प्रधानाध्यापक कृष्ण बहादुर डाँगीको प्रमुख आतिथ्यता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवराज घर्ती मगरको बिशिस्ट आतिथ्यतामा भएको कार्यक्रममा वडा महिला सदस्य हुकुमा घर्ती,शिक्षक धनेश्वर पोख्रेल र लेखापाल रुकमान घर्ती र विद्यालयमा अध्यनरत एकसय जना बढी विद्यार्थीको उपस्थितिमा रहेको थियो । कार्यक्रमको सहजीकरण बैकका कर्मचारी संजय पाण्डेले गर्नुभएको थियो ।

Facebook Comments