• १५ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
घोराही – १४ मा लागुऔषध दुव्र्यसन विरुद्ध समुदायस्तरीय सचेतना




घोराही । घोराही उपमहानगरपालिका – १४ मा समुदयस्तरमा लागु औषध दुव्र्यसन विरुद्ध सचेतना प्रदान गर्न थालिएको छ । निर्णय पुर्नस्थापना केन्द्र घोराही १७ को आयोजना तथा घोराही उपमहानगरपलिका वडा नम्बर १४ को आर्थिक सहयोगमा एवं वडा प्रहरी कार्यालय घोराही दाङको सहकार्यमा कार्यक्रम सम्पन्न गरिएको हो ।

उपमहानगरका विभिन्न वडाका वस्तिस्तरमा पुगेर लागुऔषध दुव्यसनी विरुद्ध सचेतना प्रदान गर्दै आईरहेको निर्णय पुनस्र्थापना केन्द्रले बिहीबार वडा नम्बर १४ को खोलीगाउँ टोल तथा त्यस छेत्र आसपासमा रहेका टोल विकास संस्थाका पदाधिकारी एवं सदस्यहरुलाई लागू औसध दुब्र्यसन सम्बन्धी सचेतना प्रदान गरिएको केन्द्रका परामर्शदाता विष्णु वलीले जानकारी दिनुभएको छ ।

टोलका अध्यक्ष एवं वडा सदस्य रचना कुमालको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमाकुमारी डिसीको प्रमुख आतिथ्य र घोराही उपमहानगरपलिका १४ न वडा कार्यालयका अध्यक्ष भानसिं बुढा र वडा प्रहरी कार्यालय घोराहीका प्रमुख रामप्रसाद पाण्डेको विशिष्ट आतिथ्यमा कार्यक्रम भएको थियो । घोराही उपमहानगरपालिका अन्तरगत रहेको जनस्वास्थ प्रवद्र्धन शाखाका प्रमुख राधा पौडेलको, विभिन्न टोल बिकास संस्थाका अध्यक्षहरुको उपस्थितिमा समपन्न कार्यक्रममा वडा प्रहरी कार्यालयका प्रमुख पाण्डे, केन्द्रका परामर्शदता वलीले प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी उपप्रमुख डिसीले समाजमा विकरला समस्याको रुप लिएको लागु औषध दुव्र्यसन नियन्त्रित नगर बनाउने अभियानमा उपमहानगरपालिका लागेको जानकारी दिनुभयो ।

उपमहानगरलाई लागु औषध नियन्त्रित नगर बनाउनका लागि हरेक नगरबासीको साथ महत्वपुर्ण हुने बताउनु भएको थियो । उहाँले घरभित्रैबाट सबैले लागु औषध दुव्यसन नियन्त्रणका लागि प्रयास थाल्नुपर्ने बताउनुभयो । कार्यक्रमको सहजिकरण केन्द्रका परामर्शदाता विष्णु वलीले गर्नुभएको थियो ।।

 

Facebook Comments