• २५ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
घोराहीमा होली विशेष साँस्कृतिक कार्यक्रम हुँदै




घोराही । दाङको घोराहीमा होली विशेष साँस्कृतिक कार्यक्रम हुने भएको छ । रिघाँउ लञ्ज बारले बिहीबार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरी होली विशेष कार्यक्रमको बारेमा जानकारी दिएकोे हो ।लञ्ज बारका सञ्चालक प्रकाश पुनले ग्राहकहरुको मागलाई मध्यनजर गर्दै यही चैत १२ गते घोराहीमा होली  विशेष साँस्कृतिक कार्यक्रम गर्न लागेको बताए । उनले होली पर्वलाई सव्य, भव्य र व्यवस्थित बनाउनका लागि जिल्ला प्रशासन कार्यालय दाङबाट अनुमति लिएर कार्यक्रमको आयोजना गरेको जानकारी दिए । होली पर्वको दिन बिहान ठिक १० बजे औपचारी कार्यक्रम गर्ने र कार्यक्रमको उद्घाटन दाङ जिल्ला उद्योग वाणिज्य संघका महासचिव महेन्द्र बुढाथोकीले गर्ने उनको भनाइ छ । खुल्ला साँस्कृतिक कार्यक्रमको मुख्य उद्देश्य भनेको ग्राहकहरुलाई मनोरञ्जन दिने भएको समेत आयोजकले बताएको छ ।

त्यस्तै लञ्ज बारका सञ्चालक धर्म जिएमले होली पर्वलाई मनोरञ्जनात्मक बनाउनका लागि काठमाण्डौंबाट डिजे दिनेश र डिजे सोनु आउने बताए । चैत १२ गते अर्थात् होली पर्वको दिन बिहान १० बजेदेखि साँझ ७ बजेसम्म कार्यक्रम सञ्चालन हुने र त्यसका लागि कार्यक्रममा सहभागी हुनका लागि तीनसयको टिकट व्यवस्था गरिएको उनको जानकारी दिए । कार्यक्रमको अवधिभरमा लञ्ज बारले ग्राहकको माग अनुसारको खाजा तथा नास्ताको उपलब्ध गराउने र कार्यक्रम नविल बैंकको छेउमा रहेको ग्राउण्डमा हुने उनको भनाइ छ ।

होली पर्वलाई व्यवस्थित बनाउन र कुनैपनि अप्रिय घटना हुन नदिनका लागि स्वयंसेवक र प्रहरीको व्यवस्था मिलाइने भएको छ । होली पर्व विशेष साँस्कृतिक कार्यक्रमका लागि करिब दुई लाख खर्च हुने आयोजकले जनाएको छ ।

Facebook Comments