• १५ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
स्ववियु कप भलिबल प्रतियोगिता सुरु




दाङ । आजदेखि जिल्ला क्याम्पसस्तरीय स्ववियु कप भलिबल प्रतियोगिता–२०८० सुरु भएको छ । स्वतन्त्र विद्यार्थी युनियन महेन्द्र बहुमुखी क्याम्पस दाङको आयोजनामा भएको प्रतियोगिताको उद्घाटन जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माले गरेका छन् ।

महेन्द्र बहुमुखी क्याम्पसको खेल मैदानमा भएको प्रतियोगिताको दाङ जिल्ला भरिका १५ वटा क्याम्पस बाट सहभागिता रहेको छ । प्रतियोगितामा सहभागी १५ टिमलाई २ वटा पोलमा विभाजन गरी खेलाइएको छ । नकआउटका आधारमा खेलाइएको प्रतियोगिताको फाइनल खेल चैत १० गते हुने छ ।

प्रतियोगिताको प्रथम हुनेले नगद रु चालिस हजार ट्रफि, मेडल र प्रमाण–पत्र, द्धितिय हुनेले नगद रु बीस हजार ट्रफि, मेडल र प्रमाण–पत्र र तृतिय हुनेले नगद रु दश हजार ट्रफि, मेडल र प्रमाण–पत्र पाउने छन् भन्ने उत्कृट ६ विदामा पनि पुरस्कार रहेको खेल आयोजक समितिको संयोजक सुरेश पोख्रेलले जानकारी दिए।

स्वतन्त्र विद्यार्थी युनियन महेन्द्र बहुमुखी क्याम्पसका अध्यक्ष मनोज डिसिको अध्यक्षता भएको कार्यक्रमको स्वागत मन्तव्य कोषाध्यक्ष ममता केसिको गरेका थिन भने सहजीकरण सचीव वसन्त भण्डारी गरेका थिए ।

Facebook Comments