• २० बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
राजपुरको मुङ्ग्रेठाखोला गाउँमा आगलागी




राजपुर। दाङ देउखुरीकाे राजपुर गाउँपालिका वडा नं ४ पर्ने मुङ्ग्रेठाखोला गाँउमा भिषण आगलागी भएको छ ।

आगलागीबाट करिब ४ लाख ७३ हजार बराबरको क्षेती भएको ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक नविन वलीले जानकारी दिनुभयो।

आज मंगलवार सांझ ४ बजेर ५० मिनेटमा राजपुर गाउँपालिका वडा नम्बर ४ मुगरेठाखोला बस्ने खिमराज साहुको १ तले कच्चीघरमा आगलागी हुदा उक्त आगो नजिकै कच्चीगोठ, छिमेकी निर्मला भण्डारीको १ तले कच्चीघर, झुपलाल रानाको कच्ची गोठमा आगो सल्कन गई आगलागी भएको हो। आगलागीबाट सुनदेखि नुन सम्म जेलेर नष्ट भएको छ।

आगलागी भएको जानकारी पाउनसाथ गढवा गाउँपालिकाको दमकल, इलाका प्रहरी कार्यालय गढवाका प्रहरी टोली आगलागी स्थल पुगी दमकल, प्रहरी जवान र स्थानीयहरुको सहयोगमा आगोलाई नियन्त्रणमा लिईएको ईप्रका गढवा प्रहरी निरीक्षक नविन वलीले जानकारी दिनुभयो।

ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक नविन वलीको नेतृत्वमा ७ जना प्रहरी टोली र प्रहरी चौकी चगुवाबाट प्रहरी सहायक निरीक्षक शत्रुधन उपाध्यायको कमाण्डमा ४ जना प्रहरी टोलीले आगलागी स्थल पुगी आगलागी नियन्त्रण तथा घटनाको क्षती विवरण तयार पारेको बताईएको छ । आगलागीबाट राजपुर गाउँपालिका वडा नम्बर ४ मुगरेठाखोला बस्ने खिमराज साहुको १ तले कच्चीघर र कच्ची गोठ जली पुर्ण रुपमा नष्ट भएको छ भने घरमा राखिएको नगद ६० हजार रुपैयाँ जलेर नष्ट भएको छ। त्यसैगरी

अन्दाजी ५८ हजार रुपैयाँ बराबरको ८ आना सुनको तलहरी समेत जलेर नष्ट भएको खिमराज साहुले प्रहरीलाई जानकारी दिनु भएको छ। त्यसैगरी अन्नापात,लत्तकपडा र १ वटा बाख्रा जलेर मृत्यु भएको प्रहरीको भनाई छ।

त्यसैगरी आगलागीबाट राजपुर गाउँपालिका वडा नम्बर ४ मुगरेठाखोला बस्ने निर्मला भण्डारीको कच्ची घर र कच्ची गोठ गरी जली पुर्ण रुपमा नष्ट भएको छ भने घरमा राखिएको ८० हजार नगद जलेर नष्ट भएको छ। आगलागीबाट अन्नापात, लत्ताकपडा, भाडावर्तन र ४ वटा बाख्राको पाठा जलेर मृत्यु भएको छ।

त्यसैगरी आगलागीबाट राजपुर गाउँपालिका वडा नम्बर ४ मुगरेठाखोला बस्ने झुपलाल रानाको १ तले कच्ची गोठ जलेर नष्ट भएको छ। आगलागीबाट गोठमा राखिएका काठ लगायतका सम्पूर्ण सामान जलेर नष्ट भएको ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक नविन वलीले जानकारी दिनुभयो।

आगलागीबाट खिमराज साहुको अन्दाजी २ लाख ४५ हजार रुपैयाँ बराबरको क्षति भएको छ। त्यसैगरी निर्मला भण्डारीको
अन्दाजी १ लाख ८८ हजार रुपैयाँ बराबरको क्षति भएको छ भने झुपलाल रानाको अन्दाजी ४० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले अनुमान गरेको छ।आगलागी के कसरी भयो भन्ने यकिन हुनसकेको भने छैन। केटाकेटीको लापर्वाहीका कारण भएको हुनसक्ने भन्ने आशंका गरिएको छ।

Facebook Comments