दाङ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रदीप पौडेल दाङ आउनुहुने भएको छ । नेपाली कांग्रेस घोराही उपमहानगर समितिको दोस्रो सम्मेलनमा सहभागी हुनकालागी पौडेल दाङ आउन लाग्नुभएको हो ।
यही मिति २०८० चैत १० गते हुने सम्मेलनलाई सम्बोधन गर्नकालागी पौडेल दाङ आउन लागेको नेपाली कांग्रेस घोराही उपमहानगर समितिका प्रवक्ता सुरज बुढाथोकीले जानकारी दिनुभयो ।
साथै उहाँले चैत १० गते शनिवार घोराही उपमहानगरपालिका वडा नम्बर २ रामपुरमा हुने उपमहानगर सम्मेलनमा सहभागी हुनकालागी सम्पूर्ण नेपाली कांग्रेसका नेता कार्यकता, भातृ तथा सवेच्छुक संघसंगठन लगायत सम्पूर्णमा अनुरोध गर्नुभएको छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।