दाङ । समाजवादी मोर्चा नेपाल, घोराही उपमहानगर समितिले वडास्तरीय समिति घोषणा गरेको छ । मोर्चाले संयुक्त वडा भेला आयोजना गरी घोराही ३ र ४ मा वडा वडा समिति घोषणा गरेको हो ।
संयुक्त वडाको भेलाले वडा नम्बर ३ मा मल्लिता पुनको अध्यक्षतामा ९ सदस्यीय समिति सर्वसम्मत चयन गरेको छ । जसको सदस्यहरुमा रजनी चौधरी, खिम सी, अभ्यास सी, जीवन कुमार लम्साल, मनोज चौधरी, संचिता घिमिरे, गोपाल नेपाली, शिवप्रसाद चौधरी रहेका छन् ।
त्यस्तैगरी वडा नम्बर ४ मा विष्णु सीको अध्यक्षतामा ९ सदस्यीय समिति सर्वसम्मत चयन गरिएको छ । जसको सदस्यहरुमा शिवचन्द रिजाल, हितलाल भण्डारी, अशोक रोका, वेदुराम चौधरी, वसन्त सी, चिट्ठी चौधरी, बुझौना चौधरी र पुनम नेपाली रहेका छन् ।
गठन भएको मोर्चाको अविधि ४ महिना रहेछ । प्रत्येक ४/४ महिनामा मोर्चाको नेतृत्व परिवर्तन हुनेछ ।
मोर्चाका उपमहानगर अध्यक्ष खिमबहादुर चौधरी ‘अटल’को अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि नेकपा एकीकृत समाजवादीका केन्द्रीय सल्लाहकार परिषद सदस्य गुरुप्रसाद महरा, नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश सदस्य प्रमिता चौधरी, एकीकृत समाजबादीनिकट युवा परिषद केन्द्रीय सदस्य हरिकला बाठा, नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश सल्लाहकार सदस्य रमण शर्मा, नेपाल कम्युनिस्ट पार्टीका पूर्वी दाङ सेक्रेटरी जनक सी, माओवादी केन्द्र घोराहीका अध्यक्ष रमेश वली ‘राजन’, माओवादी केन्द्रका जिल्ला सदस्य बसन्तराज अधिकारी, अखिल टेड्रयुनियन मजदुर संगठनका लुम्बिनी प्रदेश सचिव सुमन रोकालगायतले बोल्नुुभएको थियो ।
समाजवादी मोर्चा घोराही नगर कमिटी सदस्य भीमबहादुर सार्कीको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रम सञ्चालन सदस्य सचिव शक्तिराम डाँगीले गर्नुभएको थियो । प्यानल प्रस्ताव समाजबादीमोर्चा नेपाल घोराही नगर समिति सदस्य महान सीले गर्नुभएको थियो । मोर्चाको घोराही नगर समितिले वडा नम्बर १ र २ को वडा समिति यसअघि नै घोषणा गरिसकेको छ ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
