घोराही । घोराही उपमहानगरपालिका–१ र २ मा आइतबार संयुक्त रुपमा वडास्तरीय समाजवादी मोर्चा गठन भएको छ । मोर्चाका नगर अध्यक्ष खिमबहादुर चौधरीको अध्यक्षता एवं लुम्बिनी प्रदेश सदस्य सीता सी सम्झनाको प्रमुख आतिथ्यनतामा वडास्तरीय भेला भएको थियो ।
भेलाले घोराही–१ मा मेघ बहादुर खड्काको संयोजकत्वमा नौ सदस्यीय वडासमिति गठन गरेको छ । जसको सहसंयोजकमा मीनेन्दु गिरी सदस्यहरुमा राकेश सी, मीनबहादुर सी, रेश्मा विक, नमा सी, निर्मला तामाङ, टेकन भण्डारी र रोमबहादुर विक सर्वसम्मत चयन हुनुुभएको छ ।
यसैगरी २ मा छोटिलाल चौधरीको संयोजकत्वमा नौ सदस्यीय वडासमिति गठन भएको छ । जसको सहसंयोजकमा बालकृष्ण पोख्रेल, सदस्यहरुमा दामकला विक, प्रकाश अधिकारी, किरण कँवर, शान्ति दमाई, लोकबहादुर विक, धना भारती र कमल चौधरी सर्वसम्मत चयन हुनुभएको छ ।
नेकपा माओवादी केन्द्रका घोराही उपमहानगरपालिका अध्यक्ष राजन वली (रमेश), एकीकृत समाजवादीका जिल्ला सदस्य वासुदेव विकलगायतले प्रशिक्षण मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण मोर्चाका नगर सदस्य सचिव शक्तिराम डाँगीले गर्नुभएको थियो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।