• १५ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
पर्यटन विकासका लागि होमस्टे




दाङ । छिल्लीकोट दाङको धार्मिक एवम् ऐतिहासिक महत्व बोकेको प्रसिद्ध पर्यटकीय गन्तव्य हो । धार्मिक, ऐतिहासिक, पर्यटकीय तथा पर्यावरणीय दृष्टिले परिचित छिल्लीकोटमा पछिल्लो समय मानिसको चहलपहल समेत बढ्दै गएको छ ।

घोराही–तुलसीपुर सडक खण्ड अन्तर्गत बिजौरीबाट करिब १२ किलोमिटर उत्तर पहाडमा रहेको छिल्लीकोटमा मालिका मन्दिर र कालिका मन्दिरसँगै तत्कालीन पन्ध्रौँ–सोह्रौँ शताब्दीतिर राजा बसेको दरबार क्षेत्र र भ्यूटार चढ्न मानिस पुग्ने गर्दछन् । मन्दिरमा पूजा, दर्शनसँगै त्यहाँको ऐतिहासिक तथा पर्यापर्यटनको अध्ययनका लागि पुग्ने गरे पनि बस्नका लागि समस्या हुने गर्दछ । त्यही समस्यालाई मध्यनजर गर्दै सुदन नेपाली र सुधीर नेपालीले होमस्टे सञ्चालनमा ल्याएका छन् ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ स्थित धार्मिक एवम् ऐतिहासिक स्थल छिल्लीकोटमा पर्यटन प्रवर्धनमा सहयोग पु¥याउने उद्देश्यले करिब डेढ करोडको लगानीमा ‘हाम्रो होमस्टे’ सञ्चालनमा ल्याएका हुन् । करिब १० कट्ठा जग्गा किनेर धार्मिक, ऐतिहासिक एवम् पर्यावरणीय रूपमा उत्कृष्ट छिल्लीकोट घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई न्यायो आतिथ्यतासँगै स्थानीय उत्पादन मकैको ढिडो, लोकल कुखुरा, सिस्नो, सिन्की, कोदो, टिमुरलगायतका परिवार खुवाउने गरी होमस्टे सञ्चालक सदन नेपालीले बताए ।

घुम्न आउने पाहुनालाई गाउँकै मिठोमसिनो खुवाउन र स्वागत–सत्कार गर्न होमस्टे चलाएको उनले बताए । पढेर धन कमाउन बिदेसिनुभन्दा आफ्नै ठाउँमा केही गरौँ भनेर होमस्टे चलाएको उनको भनाइ छ । ‘नयाँ खालको व्यवसाय भएकाले धेरै आम्दानी त हुँदैन तर सन्तोष मान्नु पर्ने अवस्था छ’, उनले भने । उनका अनुसार गत वर्षको बैशाख महिनादेखि सञ्चालनमा आएको होमस्टे पूर्वाधार विकासकै क्रममा रहेको र अहिले १२ देखि १३ जनासम्म बस्न सक्ने व्यवस्था रहेको छ ।

स्थानीय कोदो, फापरको परिकार, लोकल कुखुराको सुप र सिजन अनुसारका खानाका परिकार मन पराउने मानिस फोन गरेर आउने गरेको अर्का सञ्चालक सुधीर नेपालीले बताए । ‘धार्मिक एवम् ऐतिहासिक क्षेत्रमा घुमफिरसँगै पर्यटकीय ठाउँमा मनोरञ्जन गर्ने उद्देश्यले हाम्रो होमस्टेमा पाहुना आउने गर्नुहुन्छ’, सुधीरले भने, ‘यहाँ आउने पाहुनालाई उहाँकै रोजाइँ अनुसार खुवाउने गरेका छौँ ।’ उनका अनुसार अहिले होमस्टेका रूपमा सञ्चालन भए पनि दीर्घकालीन योजना भने रेस्टुरेन्ट एण्ड लजका रूपमा विकास गर्ने रहेको छ ।

कच्ची सडकका कारण आउनजान समस्या

घोराही–तुलसीपुर सडक खण्ड अन्तर्गत बिजौरीबाट छिल्लीकोटसम्मको दुरी करिब १२ किलोमिटरमध्ये करिब ५ किलोमिटर कालोपत्रे भएको छ तर बाँकी सडक कालोपत्रे हुन नसक्दा धार्मिक एवम् ऐतिहासिक महत्व बोकेको पर्यटकीय स्थल छिल्लीकोट पुग्न समस्या हुने गरेको सुदन नेपाली बताउँछन् । धार्मिक एवम् ऐतिहासिक स्थलको विकासका लागि सडक कालोपत्रे हुन नसक्दा कच्ची सडकका कारण हिउँदमा धुलो र पानी परेको समयमा खाल्टाखुल्टी र हिलोको समस्या हुने गरेको बताए ।

जसले गर्दा जिल्ला भित्रबाट बिहान आउने र साँझ फर्किने पाहुना बढी मात्रामा आउने गरे पनि जिल्ला बाहिरबाट आउने पाहुना दोहोरिएर नआउने समस्या रहेको बताउँछन् । उनले भने, ‘होमस्टेमा आउने पाहुना स्वादिष्ट खानपिन, शान्त र सुन्दर वातावरणका हिसाबले सन्तुष्ट भएको कुरा गर्नु हुन्छ तर कच्ची सडक र धुलोका कारण आउने मन गर्नु हुन्न । यसतर्फ स्थानीय तथा प्रदेश सरकारले ध्यान दिए धार्मिक एवम् ऐतिहासिक स्थल घुमफिरसँगै होमस्टेमा बास बस्न आउने पाहुनालाई सहज हुने थियो ।’ हाम्रो होमस्टेसँगै स्थानीयले पर्यटन प्रवर्धनमा सहयोग पु¥याउने सामुदायिक होमस्टे समेत सञ्चालन गर्दै आएको स्थानीय परवीर पुन बताउँछन् । पछिल्लो समय छिल्लीकोटमा जिपलाइन थपिएकाले यसले पनि चहलपहल बढाउने उनी बताउँछन् ।

Facebook Comments