• १५ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
पुथा उत्तरगंगामा निर्माण भएका विभिन्न परियोजनाको अनुगमन




रुकुमपूर्व । जिल्लाको पुथा उत्तरगंगा गाउँपालिकामा मिक नेपाल र युएमएन रुकुमको साझेदारीमा सञ्चालित परियोजनाद्वारा सम्पन्न विभिन्न कामहरुको पालिकाकास्तरीय संयुक्त परियोजनाको अनुगमन कार्य सम्पन्न  गरिएको छ।

रुकुमपूर्व पुथा उत्तरगंगा गाउँपालिकाभित्र मिक नेपाल र युएमएन रुकुमको साझेदारीमा सन्चालित परियोजनाद्वारा सम्पन्न भएका काम काजको संयुक्त अनुगमन सम्पन्न भएको छ । नेपाल मगर समाज सेवा तथा सूचना केन्द्र मिक नेपाल र युएमएन रुकुमको साझेदारीमा दिगो बाताबरण तथा आर्थिक विकास सीड परियोजना मार्फत गरिएको कामको संयुक्त अनुगमन भएको हो ।

पुथा उत्तरगंगा गाउँपालिका कार्यपालिका सदस्य तथा  पुथा उत्तरगंगा गाउँपालिका अनुगमन समिति कार्यभाहक संयोजक राजकुमार सुनार, पुथा उत्तरगंगा गाउँपालिका वडा नं. ९ अध्यक्ष  हर्क प्रसाद रोका, मिक नेपाल सीप परियोजना संयोजक मुकुन्द पुन, मिक नेपाल सिड परियोजना संयोजक उत्तम बिक, पुथा उत्तरगंगा शिक्षा शाखा प्रमुख राम प्रकाश खद्का,  पुथा उत्तरगंगा गाउँपालिका पशु शाखा प्रमुख, पुथा उत्तरगंगा गाउँपालिका कृषि शाखा प्रमुख ओम प्रकाश ओली, पुथा उत्तरगङ्गा गाउँपालिका भौतिक शाखा सब इन्जिनियर श्रृष्टा बुढा, लगायतले अनुगमन गर्नुभएको हो ।

अनुगमन टिमले पुथा उत्तगङगा ९ चक्ते चौरमा निर्मित साना सिंचाइ, आयआर्जन मुखी सहयोग कार्यक्रमहरु, विद्यालयलाई उपलब्ध बनाइएका विभिन्न सामाग्रीहरु जस्ता कामको संयुक्त अनुगमन गरेको हो ।

मिक नेपाल र युएमएन रुकुमको साझेदारीमा दिगो बाताबरण तथा आर्थिक विकास सीड परियोजना द्वारा पुथा उत्तरगङ्गा गाउँपालिकामा आयआर्जन, दिगो बाताबरण, स्थानीयको मागको आधारमा विकास निर्माण लगायतमा काम गर्दै आएको दिगो बाताबरण तथा आर्थिक विकास सीड परियोजना संयोजक उत्तम विकले बताउनुभयो ।

मिक नेपालले युएमएन रुकुमसँगको साझेदारीमा विभिन्न परियोजना मार्फत शिक्षा, स्वस्थ्य, वातावरण, भौतिक विकास, आयआर्जन लगायतका क्षेत्रमा काम गर्दै आएको छ ।

मिक नेपालको काम गर्ने सिस्टम अत्यन्तै पार्दशिक तरिकाले हुने पुथा उत्तरगंगा गाउँपालिका कार्पालिका सदस्य तथा पुथा उत्तरगंगा गाउँपालिका अनुगमन समिति कार्भाहक संयोजक राजकुमार सुनारले बताउनुभयो । सुनार का अनुसार  मिक नेपालले सानो बजेटमा पनि ठूलो उपलब्धि मुलक काम गरेको छ ।

यस्तै पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं. ९ का वडा अध्यक्ष हर्क प्रसाद रोकाले मिक नेपाल र युएमएनलाई धन्यवाद दिनुभएको छ । आफ्नो वडामा विकास निर्माण देखि सचेतना मुलक काममा समेत मिक नेपालले युएमएनसँगको साझेदारीमा काम गर्दै आएकोमा धन्यवाद दिनु भएको हो ।

Facebook Comments