भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका – ७ पिप्लेमा भएको आगलागीमा परी तीन जना बालबालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ५ वर्षका प्रनिष कार्की, ७ वर्षकी बालिका दिपशिखा कार्की र ३ वर्षका बालक दियुनिष कार्की रहेको प्रहरीले जनाएको छ ।
आगालगीको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ५ वर्षीय बालक प्रनिष कार्की केदार कार्कीका छोरा हुन् भने केदारका भाई रमेश कार्कीका छोरी दिपशिखा र दियुनिष रहेको प्रहरीले जनाएको छ ।
बालबालिका खेलिरहेको ठाउँमा अचानक आगलागी हुँदा उनीहरुको मृत्यु भएको जानकारीमा आएको भोजपुरका प्रहरी प्रमुख डीएसपी सुदिपराज पाठकले जानकारी दिए ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।