• २३ बैशाख २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
राजनीतिप्रति जनतामा वितृष्णा बढ्दै गएको छ : सांसद न्यौपाने




हेमराज परिवर्तन
घोराही । लुम्बिनी प्रदेशका सांसद प्रचण्ड विक्रम न्यौपाने (गुन्टु) ले राजनीतिप्रति जनतामा वितृष्णा बढ्दै गएको बताएका छन् । शनिबार समृद्धि आवाज अनलाईन खबर प्रा.लिको दोस्रो वार्षिकोत्सव तथा दोस्रो स्मारिका विमोचनको उद्घाटन गर्दैै सांसद न्यौपानेले नेतृत्वमा मिशन र भिजन नहुँदा राजनीति सम्मानित क्षेत्रका रुपमा विकास हुन नसकेको बताएका हुन् । उनले सत्तामा पुगेपछि राजनीतिक दर्शन, सिद्धान्त र जनताभन्दा पैसा र भ्रष्टाचारमा नेताहरू लिप्त हुँदा राजनीतिप्रति नागरिकको विश्वास घटदै गएको बताएका हुन् ।

फरक प्रसङ्गमा सांसद न्यौपानेले लोकतन्त्र स्थापित गर्न मिडियाको भूमिका प्रभावकारी रहेको बताए । उनले मुलुकमा लोकतान्त्रिक व्यवस्था र गणतन्त्र ल्याउन पत्रकारिता तथा मिडियाको निर्णायक भुमिका रहेको बताए ।

संस्थाका अध्यक्ष सुविनराज सेर्पालीको अध्यक्षतामा भएको स्थापना तथा विमोचन कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका सल्लाहकार सविन प्रियासन, नेकपा माओवादी केन्द्र दाङका सचिव विश्वराज आचार्य, घोराही उपमहानगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष ताराबहादुर डाँगी, रोल्पाली सेवा समाज दाङका अध्यक्ष डिलाराम वली लगाएतले अनलाइन मिडियाको महत्त्व बढ्दै गएको बताए ।

विस्तारै परम्परागत मिडियाहरू अहिले पूर्ण रूपमा अनलाईनमा निर्भर बन्दै जानु तथा नेपाल मै पनि परम्परागत सञ्चार माध्यमको तुलनामा अनलाईन पत्रकारीताको विकास र विस्तार तिव्र गतिमा भइरहेको उनीहरुको भनाई थियो ।

यस्तै, समृद्धि आवाज अनलाईन खबर प्रालिका अध्यक्ष सुविनराज सेर्पालीले पत्रकार आचार संहिता, मिडिया आचार संहिताप्रति सदैव प्रतिबद्ध रहँदै जनतालाई सुसूचित गर्दै अगाडि बढेको बताए ।
उनले मुलुकमा विद्यमान सामाजिक, धार्मिक, संस्कृति, भाषिक, जातीय सद्भावलाई सुदृढ बनाउने विषयहरूलाई प्राथमिकता दिदैं आएको बताए । सोही अवसरमो उनले पाठक–दर्शक, विज्ञापनदाता, स्तम्भकार लेखक, शुभेच्छुकका साथै सहकर्मीहरूप्रति आभार एवं धन्यवाद प्रकट गरे । कार्यक्रमको सहजिकरण घनश्याम गिरीले गरेका थिए् ।।

Facebook Comments