• १५ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
मृत्यु पछिको कल्पना..!




रोशन क्षेत्री । बिहानै गाउँमा हल्ला फैलिन्छ फलानो त मरेछ! छरछिमेकीहरू भेला हुन्छन् । रुदारुदै बेहोस भएकी मेरी आमालाई सम्हाल्ने प्रयास गर्छन् केही महिलाहरू। जस्तोसुकै परिस्थितिमा पनि आफूलाई अनि पुरै परिवारलाई सम्हाल्न सक्ने मेरो बुबा आज आफूलाई सम्हाल्न नसकेर मेरो लासलाई हेर्दै बरबर आँसु झार्नुहुन्छ। गलत बाटोमा लाग्ला भनेर आफ्नो भन्दा मेरो धेरै ख्याल गर्ने मेरो दाजु आज मेरो लास हेर्न नसकेर कुनै कुनामा बसेर रुन थाल्छन् ।

आफूलाई भन्दा धेरै माया गर्ने मेरा दिदिबहिनी मेरो लास लाई झम्टिदै रुन थाल्छन्। गाउँका मानिसहरू भेला भएर जति सक्दो छिटो मेरो लास लाई पार लगाउने तयारिमा लाग्छ्न्। मैले लगाएका कपडाहरु फुकाल्न थालिन्छ।म सुत्ने गरेको बिस्तारा सबै सफा गरिन्छ।
मसँग सम्बन्धित हरेक कुराहरू खोलामा बगाउन जम्मा पारेर राखिन्छ।मेरो शरीरमा कात्रो ओढाइन्छ।
बाँसको अर्थिमा मेरो लास लाई राखेर माथिबाट बाँसको हरियो चोयाले कसिन्छ। बिहेमा जन्ती जान तयार भएजस्तै सबैजना मलामी जान तयार हुन्छन्। त्यही मलामिको भीडमा एउटा मेरै गाउँको व्यक्ती आफ्नो गोजीमा तास बोकेर आउँछ। किन तास बोकेर आएको भन्ने प्रश्नमा उसले उत्तर दिन्छ ”त्यत्रो बेर लास नजलुन्जेल के गरेर बस्नु त्यहाँ ?”

केही छिनमा मेरो लास लगेर कुनै नदिको किनारमा बिसाइन्छ। म आफ्नो लास हेर्दै सोच्न थाल्छु “मेरो मृत्युले कसलाई फरक पर्यो यहाँ ?
”मेरा सबैभन्दा मिल्ने साथीहरूले पनि १ हप्तामै मलाई बिर्सनेछन्। कहिलेकाहीँ कतै जाँदा कहिकसो उनीहरूको यादमा आउने गर्छु म।

म तिमी बिना बाँच्नै सक्दिन भन्नेले २, ४ महिनामै अर्कैसँग माया प्रेममा मस्त भएको देख्छु म।
फेसबुकमा मिसयू लेखेर पठाउनेहरू रिप लेखेर आफ्नो कर्तब्य पूरा गरेको देख्छु म। मानौ उनीहरूको रिपले मलाई स्वर्गमा एउटा सिङ्हासन मिल्ने छ।

लास जलाउने समय हुन्छ।
मेरो लासलाई दागबत्ती दिँदा मेरो बुबाको मनमा के गुज्रिएको होला। जुन हातले समातेर मलाई हिँड्न सिकाउनु भयो, जुन हात समातेर मलाई लेख्न सिकाउनु भयो, जसको बोली सुनेर मैले बोल्न सिकेँ आज त्यही व्यक्तिलाई आफ्नै हातले जलाउँदा सायद मनमा मेरो बुबा जिउँदो पक्कै पनि हुनुहुन्न।

यो दिन देख्नको लागि पक्कै पनि मेरी आमाले मलाई जन्म दिनु भएको थिएन। म मर्नुको सट्टामा बरु आफै मरेको भए हुन्थ्यो भनेर सोच्नने केवल मेरा बुबा आमा हुन्छन्।

Facebook Comments