निराजन सिर्पाली
रुकुमपूर्व । रुकुमपूर्वको रानिकोटमा सडक स्तर उन्नतिको काम सुरु हुनेभएको छ । मध्यपहाडी राजमार्ग अन्तर्गत पर्ने रुकुम पूर्वको रानिकोट सडक खण्डको स्तर उन्नतिको काम सुरु हुनेभएको हो ।
जिल्ला प्रशासन कार्यालय रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माको प्रमुख उपस्थितिमा बसेको बैठकले मध्यपहाडी राजमार्ग अन्तर्गत पर्ने रानिकोट सडक खण्डको स्तर उन्नतिको काम सुरु हुने भएपछि नेपाल विद्युत प्राधिकरणको केन्द्रीय प्रसारण लाइन र नेपाल टेलिकम फाइबर नेटको तार व्यवस्थापन तथा सवारिसाधनहरु छुट्ने समय निर्धारण गरेको छ ।
जस अन्तर्गत विहान ९ : ३० बजे सम्म मध्यपहाडी राजमार्ग अन्तर्गत पर्ने रानिकोट सडक खण्ड खुल्ला रहने बताइएको छ । त्यस्तै विहान ९ : ३० बजे बाट दिउँसो १२ : ३० बजे सम्म बन्द, दिउसो १२ : ३० बाट दिउँसो २ बजे सम्म खुला र दिउँसो २ देखि साँझ ७ बजे सम्म उक्त सडक खण्ड बन्द हुने बैठकले निर्णण गरेको छ यो प्रक्रिया चैत्र ५ गते देखि सडक खण्ड स्तर उन्नतिको काम पुरा नहुन्जेल सम्म चलिरहने बताइएको छ ।
सडक खण्ड स्तर उन्नतिको काम पुरा नहुन्जेल सम्म रुकुम पूर्व देखि रुकुम पश्चिम जाने सवारी साधन धावन्ने बजार, नाथिगार हुदै जानुपर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय रुकुम पूर्वको कार्यालय प्रमुख सन्दिप विकले जानकारी दिनुभएको छ ।
त्यस्तै सडकको छेउछाउमा विद्युतको पोल पनि रहेकाले केन्द्रीय प्रसारण लाइनको व्यवस्थापन गर्नूपर्ने भएकाले नेपाल विद्युत प्राधिकरणको केन्द्रीय प्रसारण लाइन बिहान ९ बजे देखि अपरान्ह ४ बजेसम्म केही दिन अबरुद्ध हुने बताइएको छ । बैठकमा जिल्ला प्रशासन कार्यालय रुकुम पूर्व, जिल्ला प्रहरी कार्यालय रुकुम पूर्व, जिल्ला ट्राफिक प्रहरी कार्यालय रुकुम पूर्व, नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र रुकुम पूर्व, नेपाल टेलिका रुकुम पूर्व, अन्य सरकारी कार्यालयहरु, यातायात व्यवसायीहरु पत्रकार लगायतको प्रतिनिधित्व रहेको थियो ।।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।