निराजन सिर्पाली
रुकुमपूर्व । जिल्लामा रहेको जनप्रिय मावि दिदिङमा अध्यनरत एसइइ दिने विद्यार्थीहरुलाई विदाई गरिएको छ । विद्यालयले एक कार्यक्रमकाे आयाेजना गर्दै कक्षा १० मा अध्यनरत विद्यार्थीहरुलाई विदाई गरेको हाे ।
विद्यार्थी विदाई कार्यक्रममालाई सम्बाेधन गर्दै जनप्रिय मावि दादिङका प्रधानाध्यापक मेघलाल घर्तीले विद्यार्थीहरुले खेलकुद क्षेत्रमा अथक प्रयास गर्दै शिल्डहरुमा विद्यालयलाई चिनाउने काम गरेको र अब विद्यार्थीहरुले एसइइमा उत्कृष्ट अंक ल्याएर पास गर्न तथा इमानदारीता र विद्यालयकाे शिर उच्च राख्ने हिसाबले अगाडि बढ्न शुभकामना व्यक्त गर्नुभएको थियो ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष ससिराम घर्तीले आफ्नो विद्यालयबाट विदाई भएर जाँदा स्वाभाविक रुपले पिडादायी क्षण सृजना हुने भन्दै आफुहरुले पनि यसै विद्यालय बाट ५ कक्षामा पास भएपछि जनता मावि पाेखरामा गएको स्मरण गर्नुभएको थियो ।
विदाई कार्यक्रममा बाेल्दै विद्यार्थीहरुले पनि अन्धकारमय जीवनमा ज्याेतिकाे किरण छरि शिक्षा दिने गूरूहरुपर्ति धन्यवाद दिदै गुरुहरुले देखाएको बाटोमा हिड्ने बताएका छन् ।
विदा कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष ससिराम घर्ती, प्रधानाध्यापक मेघलाल घर्ती लगायत अन्य शिक्षक तथा शिक्षिकाहरुकाे आतिथ्यता रहेको कार्यक्रमकाे सञ्चालन शिक्षक कर्मसिङ विकले गर्नुभएको थियो ।।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।