• १५ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अम्बिकेश्वरी क्याम्पसमा प्रोजेक्ट सोकेस कार्यक्रम सम्पन्न




घोराही । दाङको घोराहीस्थित अम्बिकेश्वरी क्याम्पसमा अम्बिकेश्वरी इनोभेसन तथा प्रोजेक्ट सोकेस कार्यक्रम शुक्रबार  सम्पन्न भएको छ । क्याम्पसमा अध्ययनरत बिएससी सिएसआइटीका छैठौं सेमेस्टरका  विद्यार्थीहरुको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै अम्बिकेश्वरी क्याम्पसका क्याम्पस प्रमुख चन्द्रप्रकाश खनालले विद्यार्थीको प्रतिभालाई उजागर गर्नका लागि आफूहरूले विभिन्न विधामा विद्यार्थीहरुलाई साथ र सहयोग गर्दै आइरहेको बताए । उनले  हरेक शैक्षिक गतिविधिमा गरिने सिकाइ त्रुटिपूर्ण भएपनि त्यसले राम्रो फिटब्याक दिने भएको हुँदा  सिकाइलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । अनुशासन विद्यार्थीको गहना भएको भन्दै क्याम्पस प्रमुख खनालले विद्यार्थी जीवनमा अनुशासन निकै महत्त्वपूर्ण हुने भएकोले विद्यार्थीले गरुबाट आर्जन गरेको ज्ञानको जहिले, जहाँपनि आफूले आफूलाई मापनमा राख्नुपर्ने विद्यार्थीलाई आग्रह गरे ।

अब विश्वमा समस्यालाई पहिचान गरेर समाधान गर्ने विभिन्न प्रकारका आइटीमा टुल्सहरु बनिसकेको हुँदा त्यसअर्थमा आफूले पनि त्यसमार्फत अगाडि बढ्नको लागि सकारात्मक सोचकासाथ पढ्न र सिक्न उत्प्रेरित हुनुपर्ने र विद्यार्थीलाई सिकाउन कलेज सदैव तयार  रहेको क्याम्पस प्रमुख खनालको भनाइ छ ।

त्यस्तै क्याम्पसका सहायक क्याम्पस प्रमुख राजसिं जोराले सामान्यतया विद्यार्थीमा भएको ज्ञान र सीपलाई प्रोजेक्टमार्फत देखाउने कार्य नै प्रोजेक्ट वर्क भएको बताए । उनले एकेडेमी र आइटीबीच भएको दुरीलाई घटाउनु  नै यसको मुख्य उद्देश्य  भएको कुरामा जोड दिए । विद्यार्थीहरुमा भएका ज्ञान र सीपलाई उजागर गर्नका लागि प्रोजेक्ट वर्क जस्ता कार्यक्रमहरु निकै प्रभावकारी हुने र यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिनुपर्ने उनले बताए ।

प्रोजेक्ट वर्कमार्फत विद्यार्थीमा सहयोग, सञ्चार र स्वतन्त्र सिकाइ गरी तीनवटा कुरामा विकास हुने र यी कुरालाई सँगसँगै अगाडि बढान सकेमा मात्र विद्यार्थी आइटी क्षेत्रमा सफल बन्न सक्ने भएको हुँदा हरेक विद्यार्थीले आफ्नो ज्ञान, सीप र क्षमतालाई  बाहिर ल्याउनुपर्ने सहायक क्याम्पस प्रमुख जोराको भनाइ थियो ।

अम्बिकेश्वरी क्याम्पसमा  बिसिए सातौं सेमेष्टरको तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी अपार सिंह चौधरीले  सुपर डाटा अन्तर्गत ट्राफिक म्यानेजमेन्ट सिस्टम अफ नेपालको प्रोजेक्टमार्फत प्रस्तुत गरेका थिए   । यो प्रोजेक्ट सन २०२२ देखि बनाउन सुरु गरेको प्रोजेक्ट २०२४ मा सकिएको थियो ।

यो प्रोजेक्ट देखान पाउँदा आफूलाई निकै खुसी भएको  र मनमा दबिएरको कुरालाई बाहिर ल्याउन पाउँदा आफूलाई पूर्ण सन्तुष्टि मिलेको विद्यार्थी अपार सिंह चौधरीले बताए बताए । यो प्रोजेक्टले ट्राफिक सम्बन्धीको  जरिवानालाई सरकारको राजस्वमा पुगोस् भन्ने चाहनाले बनाएको र यो वेबसाईट ट्राफिकका सम्बन्धित कार्यालयहरुले प्रयोग गर्न सक्ने उनको भनाइ छ  ।

बिसीए तेस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थी मनिष भुषालले आर्टीफिसियल इन्टिलिजेन्स सम्बन्धित वेबसाईटलाई प्रोजेक्टमार्फत प्रस्तुत गरेका थिए । यो वेबसाईटले च्याट जिपिटी जस्तै काम गर्ने र अडियोमा पनि कुराकानी गर्न सकिने उनको भनाइ छ ।

बिसिए पाँचौ तहमा अध्ययनरत विद्यार्थी हेमराज कालथोकीको ग्रुपले रिमोट कन्ट्रोल कारको बारेमा प्रस्तुतिकरण  गरेको थियो ।  त्यस्तै सिएसआइटी प्रथम तहमा अध्ययनरत विद्यार्थी सुगम केसीको नेतृत्वको टिमले लाइटको बारेमा प्रस्तुत गरेका थिए ।

कार्यक्रममा विद्यार्थीहरुले आफ्नो ज्ञान, सीप र क्षमतालाई प्रयोग गरेर बनाएका विभिन्न वेबसाईटहरुको बारेमा प्रोजेक्टमार्फत जानकारी गराएका थिए ।

क्याम्पसमा अध्ययनरत विद्यार्थी जीवन डाँगीको अध्यक्षता एवं नेपाल पत्रकार महासंघ दाङका सल्लाहकार सविन प्रीयासनको प्रमुख अतिथि तथा क्याम्पस प्रमुख चन्द्रप्रकाश खनालको विशिष्ट आतिथ्यतामा भएको  कार्यक्रममा अम्बिकेश्वरी स्ववियु सभापति रणबहादुर खड्का, शिक्षक तथा विद्यार्थीहरुको  उपस्थिति रहेको  थियो ।

कार्यक्रमको सहजीकरण  क्याम्पसमा अध्ययनरत छात्रा सविता न्यौपाने र छात्र प्रसुन गौतमले गरेका थिए ।

 

Facebook Comments