• १५ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
राप्तीले तरकारी खेती गर्ने कृषकहरूलाई क्षेत्रफलकाे आधारमा अनुदान दिने




तुल बहादुर कवँर मगर
देउखुरी । दाङ – देउखुरीकाे राप्ती गाउँपालिकाले तरकारी खेती गर्ने कृषकहरूलाई क्षेत्रफलकाे आधारमा अनुदान दिने भएको छ।

गाउँपलिकाले चालु आर्थिक २०८०/०८१ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार तरकारी खेती गर्ने कृषकहरूलाई क्षेत्रफलकाे आधारमा अनुदान दिन लागिएको कृषि शाखा प्रमुख बरसाती गडरियाले जानकारी दिनुभयो ।

गाउँपालिकाले खुल्ला जग्गामा तरकारी खेती गरे वापत प्रति कठ्ठा २ हजार र प्लाष्टिक टनेल भित्र खेती गरेमा प्रति टनेल (५×१० मीटर) १ हजार रुपैयाँ अनुदान रकम उपलब्ध गराउने जनाएको छ।

त्यस्तै पालिकाले अनुदान प्राप्त गर्नका लागि कृषक तथा कृषि फर्महरुले कम्तिमा ३ कठ्ठा र कृषक समूह तथा कृषि सहकारी संस्थाहरुले कम्तिमा १० कठ्ठा क्षेत्रफलमा तरकरी खेती गरेको हुनु पर्ने प्रावधान राखेको छ।

गाउँपालिकाले तरकारी खेती तर्फ कृषकहरूलाई प्रोत्साहन गर्न क्षेत्रफलको आधारमा अनुदान दिन लागिएको शाखा प्रमुख गडरियाले बताउनुभयो ।

चालु आर्थिक वर्षमा क्षेत्रफलको आधारमा तरकारी उत्पादनमा प्रोत्साहन सहयोग कार्यक्रमका लागि गाउँपालिकाले ८ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

कार्यक्रममा सहभागि हुन चैत १४ गतेभित्र इच्छुक कृषक,कृषि फर्म, कृषक समूह र कृषि सहकारीले आवश्यक कागजात सहित गाउँपालिकाकाे कृषि शाखामा आवदेन दिन सक्ने गाउँपालिकाले एक सूचना जारी गर्दै जनाएको छ ।

Facebook Comments