• २३ बैशाख २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अस्पतालमा बालक मृत्यु प्रकरण : प्रहरी र प्रदर्शनकारी झडप




घोराही । घोराहीमा रहेको बुद्ध इन्टरनेशनल  अस्पतालमा उपचारका क्रममा बालक मृत्युपछि आक्रोसित मृतकका आफन्तले बिरोध गर्दा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । प्रदर्शनकारीले अस्पतालमा तोडफोड गर्न थालेपछि प्रहरीले घट्नालाई नियन्त्रणमा ल्याउनका लागि लाठी चार्जसँगै अश्रुग्याँस प्रहार गरेको थियो ।

झडपमा क्रममा एक दर्जन बढी प्रदर्शनकारी र प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक जनकबहादुर मल्लले जानकारी दिएका छन् । झडपका क्रममा एक दर्जन बढीलाई प्रहरीले पक्राउ गरेर लगेको पीडित पक्षले बताएका छन् ।

घाँटीको उपचार गर्न घोराहीमा रहेको बुद्व अस्पतालमा ल्याएका राजपुर गाउँपालिका–१ पटौली नाका निवासी ९ बर्षीय बालक सुरेश कवरको मृत्यु भएपछि पीडित पक्षले अस्पतालको कमजोरीका कारण मृत्यु भएको भन्दै घट्नाको सत्यतथ्य छानविन र दोसीलाई कारवाहीको माग गर्दै वुधवारदेखि आन्दोलन गर्दै आएका थिए । प्रदर्शनकारीलाई नियन्त्रणमा ल्याउनका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो ।

घट्नाको छानविन गर्न समिति गठन

यसैविच घट्नाको छानविन गर्न सात सदस्यीय छानविन समिति गठन भएको छ । विहीवार बसेको सर्वपक्षिय बैठकले ५ दिनभित्र प्रतिवेदन बुझाउने गरी ७ सदस्यीय छानविन समिति गठन गरिएको छ ।

लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका प्रतिनिधिको संयोजकत्वमा गठिन छानविन समितिमा चिकित्सकका प्रतिनिधि ३ जना, पीडित पक्षका दुई जना प्रतिनिधि र जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि सदस्य रहने व्यवस्था गरिएको छ । सहमतिपछि आन्दोलन स्थगीत गर्ने र मृतक बालकको पोष्टमार्टम गर्ने सहमति भएपनि प्रदर्शनकारी र प्रहरीविच झडप भएपछि पोष्टमार्टम हुन सकेको छैन ।

Facebook Comments