तुल बहादुर कवँर मगर
देउखुरी । दाङ – देउखुरीको राप्ती गाउँपालिकाले सहिद परिवारलाई सम्मान गरेको छ ।
गाउँपालिकाले मंगलबार आफ्नो आठौं स्थापना दिवसको अवसर पारी विभिन्न संघर्ष एवं परिवर्तनका आन्दोलनमा गाउँपालिका क्षेत्रबाट सरिक हुने क्रममा सहिद भएका ३१ जना सहिद परिवारका सदस्यलाई सम्मान गरेको हो।
पालिकाले उनीहरूलाई प्रतिव्यक्ति नगद २ हजार रुपैयाँ सहित सम्मानपत्र प्रदान गरि सम्मान गरिएकाे गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले बताउनुभयो ।
त्यस्तै उहाँले सहिदहरुको योगदानको कदर गर्दै पालिकाकाे तर्फबाट सम्मान गरिएकाे बताउनुभयो ।
आगामी दिनहरूमा सहिद, घाईते र बेपत्ताका परिवारलाई आश्रित गराउने खालको कार्यक्रम ल्याउने बताउदै अध्यक्ष विष्टले उनीहरूकाे थप व्यवस्थापनका लागि प्रदेश सरकार तथा संघीय सरकारसँग पनि पहल गर्ने समेत बताउनुभयो ।
त्यस्तै गाउँपालिकाकी उपाध्यक्ष कमलापती चाैधरीले सहिद परिवारलाई राज्यले अपनत्व महसुस गर्दै सम्मान गरेको बताउनुभयाे ।
उहाँले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयाे ।
यस्तै सम्मानित हुने सहिद परिवारका सदस्यहरूले स्थानीय सरकारले सहिद परिवारलाई सम्झेर सम्मान गरेको प्रति खुसी व्यक्त गर्दै शहिदहरुकाे सपना पूरा गर्न सबैकाे ध्यान जानुपर्ने बताएका थिए ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।