दाङ। शिक्षकहरूले समाजमा महत्वपूर्ण भूमिका खेल्ने गरेका छन्। उनीहरूले तराईबाट हिमालसम्म विभिन्न क्षेत्रमा रही अध्ययन अध्यापन, शिक्षा तथा संस्कृतिलाई फैलाउने कार्य गर्छन्। तिनीहरूको समर्थन, प्रेरणा र मार्गदर्शनले युवा नेपालीहरूलाई उनीहरूको भविष्य र समाजको विकासमा महत्वपूर्ण भूमिका खेल्दैआएको छ।
शिक्षकहरू समाजको नेतृत्व गर्ने कार्य गर्छन्। उनीहरूले शिक्षा र संस्कृतिको विकासमा महत्वपूर्ण भूमिका खेल्छन्। उनीहरूको उत्कृष्टता, प्रेरणा, र समर्थनले शिक्षार्थीहरूको जीवनमा महत्वपूर्ण परिवर्तन ल्याउँछन्। शिक्षकहरूले तपाईंको जीवनमा अद्भुत प्रभाव गर्छन् र उत्कृष्टता अनुसरण गर्नका लागि प्रेरित गर्छन्। शिक्षक समाजको ऐना हुन् । विद्यार्थीहरूको जीवनमा मानवीय र व्यक्तिगत विकासमा महत्त्वपूर्ण भूमिका खेल्छन्। उनीहरूले ज्ञान र अपेक्षाको मार्गमा आधारित सबल समाज निर्माणमा मद्दत गर्छन्।
किन हुन्छन् त शिक्षक निराश ?
शिक्षकहरूले निराश हुन सक्छन् किनकि अक्सर तिनीहरूले अफ्नो योगदान र महत्वको प्रतिक्षा गर्ने समाजमा समर्थन पाउन सक्ने गरेको छैनन्। अनि, केहि पटक शिक्षा प्रणाली र संरचनामा गर्नुपर्ने परिवर्तन नभएको कारणले पनि शिक्षकहरू निराश हुन सक्छन्। त्यसैले, समाजले शिक्षकहरूलाई समर्थन र प्रेरणा दिनुपर्छ, र उनीहरूको महत्वपूर्ण भूमिका पहिचान्नुपर्छ।
आजका आधुनिक विद्यार्थीहरु, कक्षामा अनुशासनमा बस्न चाहदैनन्, आफ्ना गुरुले अह्राएका कुरा शिरोधार गर्नै खोज्दैनन् अनि अध्ययनमा चाहिने लगाव, अभिरुचि र अथक परिश्रम यी आधुनिक विद्यार्थीमा देखिनै छाड्यो । कहिले एउटा बच्चो चर्पीमा चुरोट तान्दै गरेको भेटिन्छ, उसलाई पक्रेर सोधपुछ गरिन्छ। उसका अभिभावक बोलाएर यथार्थ कुरा बोलिबिस्तार लगाइन्छ। सुरुमा आफ्नो बच्चामाथि अनावश्यक शङ्का/आरोप लगाएको भनी अभिभावक आवेगमा आउन सक्छन् तर पछि आफुले पनि सत्य थाहा पाएपछि उनीहरुको जवाफ हुन्छ, “हामीले सकेनौं , हामीले भनेकै मान्दैन, हामीलाई टेर्दै टेर्दैन, यसलाई कुटपिट जे गरेर हुन्छ सुधारिदिनु पर्यो सर/म्याडम ” भनी बिन्ती बिसाउँछन ।
फेरि अर्को दिन पनि त्यही बच्चो चुरोट तान्दै गर्दा पक्राउ पर्छ, शिक्षकले पनि अभिभावकले गरेको अनुरोध सम्झन्छन् र उक्त विधार्थीलाई सहि बाटो ल्याउन सक्छु नि भनी गाली गर्छन्, २/४ थप्पड पनि लगाउँछनl
भोलिपल्ट त्यही बच्चोको अभिभावक दलबलसहित विद्यालय आएर हाम्रा बच्चालाई हान्ने मास्टर कुन हो, को हो त्यो? भन्दै तुरुन्त उपचार तथा क्षतिपूर्ति भराउन बवाल मच्चाइन्छ। निरीह शिक्षक खुट्टाका औंलादेखि टाउकाको रौं सम्मको उपचारका नाउँमा क्षतिपूर्ति तिर्न बाध्य हुन्छ, उस्तै पर गाउँका ठुटे नेताको रोहवरमा अबदेखि विद्यार्थीलाई पिट्ने छैन भनी कागज बनाइन्छ।
त्यसपछि त बच्चो बिन्दास चुरोट तान्दै हिंड्छ, कपाल ठाडो पार्छ, पाईन्ट चुज हुदै जान्छ, चप्पल ठुला हुदै जान्छन, शरीरभरि टाटु हान्छ। अनि फेरी २/४ जना वि. व्य. स. का पदाधिकारी लगायत अभिभावकसमेतले भन्न थाल्छन्, “हैन, यो स्कुलका मास्टर कस्ता हुन् हँ ? विद्यार्थीले खुलेआम चुरोट तान्या नदेख्ने, टाटु हान्या नदेख्ने, यहाँका मास्टरको केही काम छैन। स्कुल त पुरै बिग्रेको पो रहेछ! स्कुल अलि सुधार्नु पर्यो।”
यसरी समय बित्दै जाँदा त्यो बच्चा घरबाट स्कुल जान्छु भनी निस्के पनि स्कुलमा पुग्दैन, जथाभावी डुल्छ, मनलाग्दी खान थाल्छ।कुनै दिन स्कुल पुगेछ भने पनि पढ्दैन, दिएका काम गर्दैन, भनेको टेर्दा पनि टेर्दैन। मोबाइल ल्याउँछ टिकटक बनाउँछ। ऊ एउटा बोरामा रहेको कुहिएको आलु सरह हुन्छ, उसको सङ्गतले अरु विद्यार्थी नि गलत बाटोमा लाग्न थाल्छन् । फलस्वरूप शैक्षिक गुणस्तर दिनानुदिन खस्किँदै जान्छ। अब भन्नुस के शिक्षक मात्रै नै दोषी छन् त?
किन राखिन्छ शिक्षक माथि दोष र दरिद्रको मानसिकता ?
शिक्षा प्रशासनका स्थानीय तहदेखि समन्वय इकाई हुदै प्रदेश तथा संघीय मन्त्रालयसम्मका कर्मचारीको भूमिकालाई स्तरीय शिक्षाको अंग बनाउन कञ्जुस हुनु हुँदैन । दरिद्र मानसिकताले मात्र शिक्षकमा दोषारोपण गरिरहन्छ । जिम्मेवारी र भूमिका आ–आफ्नो हुन्छ । कक्षा कोठा भित्र शिक्षकको मात्र भूमिका हुन्छ । त्यहाँ शिक्षाका कर्मचारी पढाउन, सिकाउन जानुपर्छ भनेर पक्कै भन्न खोजिएको होइन । तोकिएको विषयवस्तुको प्रस्तुति शिक्षकको अभिभारा हो । विद्यार्थीसँग शिक्षक हुने हो, कर्मचारी होइन, यो सबैलाई स्पष्ट छ ।
कक्षामा आवश्यक शिक्षक उपलब्ध गराउने काम पनि शिक्षक कै हो र? बषौं सम्म रिक्त दरबन्दीमा शिक्षक पठाउन नसक्ने, अस्थायी नियुक्तिका प्रक्रियामा मात्र कम्तिमा एक महिना लगाउने, अनि आफूलाई शिक्षक भन्दा दशौं गुणा ठूलो प्रशासक सम्झनेहरुले चाँहि कुनै जिम्मा लिन नपर्ने होर ? विडम्बना नै छ । प्रत्येक महिनाको अन्तिम सातामा आफू तलब भत्ता लिनेहरु शिक्षकलाई चार महिनासम्म पनि पारिश्रमिक नदिई माष्टर तह लगाउनेमा प्रतिस्पर्धा गर्नेहरुले बुझ्नु नपर्ने होर?
विद्यालय निरीक्षक नभनेर शाखा अधिकृत भनिएको छ । उनीहरुको शाखाको जिम्मेवारी चाँहि सिन्को पनि नभाँच्ने र शिक्षकलाई सताउन र हेप्न मात्र खटाइएको हो त? स्थानीय तह र जिल्लाको समन्वय इकाईबीच नै समन्वय छैन भने विद्यालयसम्म यो अपेक्षा अर्थ हीन सिद्ध भइसकेको छ । तह थपेर प्रमोशन गरेर स्थानीय तहमा जिम्मेवारी किटानी साथ कर्मचारी पठाउनमा विलम्ब अन्यौलताले विद्यमान असहजता उत्पन्न गरेकै हो ।
सत्य तीतो हुन्छ तर, यथार्थ सबैले आत्मानुभूति गर्नैपर्छ, एक न एक दिन स्वीकार्नैपर्छ । शिक्षकको काम शिक्षा प्रशासनका कर्मचारीले गर्ने होइन र शिक्षा प्रशासनको काम शिक्षकले पनि होइन । आ–आफ्नै जिम्मेवारी छ । एउटा अंग निस्क्रिय हुने बित्तिकै अन्य भागहरुको लगनशीलता वा ईमान्दारिता कामयावी बन्न सक्दैन।
विचार! शिक्षकहरूले आफ्नो शैक्षिक, पेशेवर, र मानविक क्षमताहरू प्रयोग गरी नयाँ आदर्शहरू प्रेरित गर्दछन्। उनीहरूले शिक्षाको व्यवस्थापनमा सकारात्मक परिवर्तन गर्दछन् र विविध शैक्षिक विधिहरूको प्रयोग गर्दछन्। यसै क्रममा, शिक्षकले समाजमा नैतिकता, सामाजिक सम्बन्ध, राष्ट्रियता, र विज्ञान-प्रौद्योगिकीको अवधारणाहरूको प्रसार गर्दछन्।अत्यन्त समर्थ र उत्कृष्ट शिक्षकहरू समाजले नैतिक, आर्थिक, र सामाजिक दृष्टिकोणको परिवर्तन गर्न सक्षम हुन्छन्। यस्तै, शिक्षकहरूले समाजलाई नयाँ दिशा देखाउन, न्यायको पुनर्स्थापना गर्न, र जनशक्तिको विकास गर्न सहयोग पुर्याउँछन्।
“शिक्षण पेसा मात्र होइन, सेवा पनि हो”
शिक्षण पेसाबाट अथाह सम्पत्ति आर्जन गर्न नसके पनि अथाह सम्मान पाउन सकिन्छ, समाजको सोच परिवर्तन भएमा । एकअर्काको पेसालाई बुफ्ने र सम्मान गरेर अगाडि बढ्नुपर्छ।शिक्षककाे प्रमुख लक्ष्य भनेको शिक्षण पेसालाई नमुनाको रूपमा समाजमा स्थापना गर्ने र निरन्तर रूपमा शिक्षण पेशालाई मर्यादित बनाउने रहेको हुन्छ। हरेक क्षेत्र, समुदाय, विद्यालय र विद्यार्थीहरूलाई सँगसँगै लैजाने हुन्छ जसले गर्दा शिक्षण पेसा नमुनाको रूपमा समाजमा स्थापित हुनेछ । त्येसैले शिक्षकहरू शिक्षण मात्रै होइन सेवा गरिरहेका हुन्छन्।
अन्त्यमा शिक्षण एक यस्तो पेशा हो जसले समाजको आधार र विकासमा महत्त्वपूर्ण भूमिका खेल्छ। यसले न केवल विद्यार्थीहरूको शिक्षा तथा ज्ञानको संचार गर्दछ, तर समाजको सामाजिक, मानवीय, राजनीतिक र आर्थिक विकासमा पनि यो निर्णायक भूमिका खेल्छ। यसको केही महत्त्वपूर्ण कार्यहरू मध्ये छन् विद्यार्थीहरूको सिकाइ, उनीहरूको मानविक विकासको सहायता, समाजमा सामाजिक समानता र न्यायको संरक्षण, र नयाँ विचारहरूको प्रोत्साहन। शिक्षण पेशालाई मर्यादित बनाउन मा सहयाेग गर्नुपर्छ। शिक्षण एक आदर्श पेशा र शिक्षक राष्ट्रका सेवक हुन् , सम्मान गर्न सिक्नुपर्छ। हामीले यो बिर्सिनु हुँदैन कि शिक्षकले नै तयार गरेका कर्णधारले परिवार, समाज, गाउँ हुँदै राष्ट्रको भविष्य कोर्दै छन् ।
✍️ लेखक श्रवण कुमार यादव राजपुरमा रहेको जनज्योति माविमा कार्यरत शिक्षक हुनुहुन्छ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।