तुलसीपुर । तुलसीपुर बजारमा मर्निङ वाकमा निस्किएका युवा लुटिएका छन् ।
तुलसीपुर उप-महानगरपालिका -१४ गोठुवा घर भै हाल तुलसीपुर ६ डुम्रिगाँउ आफ्नै घरमा बस्दै आएका निसान्त बस्नेत बिहीबार (आज) विहान ४:४५ बजेतिर लुटिएका हुन् । बस्नेत र उनका साथी विवेक भण्डारी मर्निङ वाकमा निस्किएको बेला बिहानमा तुलसीपुरको सबै भन्दा बढी व्यस्त र चहलपहल हुने बाहिनी चोकमा लुटिएको निश्चलकी आमा अमृता बस्नेतले जानकारी दिनुभयो ।
आफुहरु हिडिरहेको बेला एक्कासी हातारमा दुई जना युवा आएर समस्या पर्यो फोन गर्नु छ मोवाईल दिनुन भने पछि आफुले मोवाइल दिएको तर मोवाई दिएपछी चक्कु देखाएर भागेको पिडित निश्चल बस्नेतले बताउनुभयो ।
यसरी लुटिएपछि नजिकै रहेका महिलालाई गुहार मागेको तर उनीहरु सहयोग नगरेको पीडित बस्नेतले बताउनुभयो ।
चोरीका बारेमा जानकारी दिन आफै ईलाका प्रहरी कार्यालय तुलसीपुरमा गएको तर प्रहरीले १० बजेपछि मात्रै आउनु भनेपछि निरास भएर घर फर्किएको बस्नेतले जानकारी दिनुभयो । यसरी मोर्निङ वाकमा हिडेका नै लुटिन थाले पछि तुलसीपुर अझ बढी असुरक्षित त भएको छ नै त्यसमा पनि प्रहरीलाई सुरक्षामा थप चुनौती भएको छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।