दाङ । नेपाल प्रेस युनियन दाङका सदस्य सुदन थापा माथि प्रहरीले दुरव्यवहार गरेको भन्दै नेपाल प्रेस युनियन दाङले आपत्ति प्रकट गरेको छ ।
युनियनका जिल्ला अध्यक्ष नारायण खड्का र सचिव अमर क्षितिज भण्डारीले विज्ञप्ती जारी गर्दै युनियनका जिल्ला सदस्य थापा माथि भएको प्रहरी दुरव्यवहार प्रति आपत्ति प्रकट गरेका हुन् । थापा बुद्ध हस्पिटलमा एक बालकको मृत्यु भएपछि समाचार संकलनका क्रममा त्यहाँ पुगेका थिए ।
बालकको निधन भएपछि त्यहाँ मृतकका परिवार तथा आफन्तले गरेको विरोध प्रदर्शनको भिडियो खिचिरहेका थापालाई प्रहरीले दुरव्यवहार गरेको थियो । थापाले भिडियो खिच्दाखिच्दैको क्यामरा तथा मोबाईल खोसेको र उनलाई धक्का मुक्का भएको भिडियो समेत सार्वजनिक भएको छ । साथै पत्रकार थापाको क्यामरामा समेत क्षेति पुगेको छ ।
जिम्मेवार निकाएवाट एउटा पत्रकारलाई समाचार संकलनको क्रममा अवरोध उत्पन्न गर्दै दुर्ववहार गर्नुले विचार तथा अभिव्यक्ति स्वतन्त्रताको गम्भीर हनन् भएको युनियनले जनाएको छ । उक्त घटनाको भ्रत्सना गर्दै यसखालका गतिविधी नदोहोराउन र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न, सम्वन्धित निकायप्रति माग गर्दै थापाको क्षतिभएको क्यामराको क्षतिपूर्तिको लागि समेत युनियनले माग गरेको छ । थापा जनआवाज अनलाईन टिभिमा कार्यरत छन् ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।