• २३ बैशाख २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
चिकित्सकको लापर्वाहीले बच्चाको मृत्यु भएको भन्दै आफन्तहरु बिरोधमा




दाङ । बुद्ध ईन्टरनेशनल हस्पिटलका चिकित्सकहरुको लापरवाहीको कारण बिरामीको मृत्यु भएको मृतकका परिवारजनले आरोप लगाएका छन् ।

घोराही उपमहानगरपालिका १५ सडक बिभागको ओरालोमा रहेको  बुद्ध ईन्टरनेशनल हस्पिटल प्रालीमा राजपुर गाउँपालिका वडा नम्बर १ बस्ने ९ बर्षका सुरेश कुवरको उपचार क्रममै मृत्यु भएको छ ।

गाला सुनेर आज बिहान ९ बजे उपचारका लागि अस्पताल लिएको तर अस्पताल लिएको १ घण्टा पछि  बच्चाको मृत्यु भएको  मृतकको आफन्त सपना बुढाले जानकारी दिइन्  ।

कुवरको मृत्युपछि उनको परिवारले अस्पताल बन्द गरेका छन्  भने  अहिले सम्म अस्पताल पक्ष र पिडित पक्ष विच बार्ता बसेको छैनन् ।

यता अस्पताल पक्षले बच्चालाई केही दिन पहिलाको समस्या रहेको र घर परिवारले झाकी बसाल्ने गरेका थियो निको नभय पछि आज मात्र अस्पताल लिएको तर अस्पतालमा कुनै चेकजाँच गर्न न पाउदै मृत्यु भएको बताए ।

Facebook Comments