• १५ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
कलाकारिताको बगैँचामा फक्रिएकी ‘केपिना’




दाङ । हिमाली जिल्ला मुस्ताङको सेताम्य हिउँमा एक प्रतिभा फक्रिरहेका थियो । ठूलो भएपछि नामी मोडलका रुपमा नाम दर्ज गराउने बाल्य सपनाले केपिना गोतामे नृत्यांगनाको कोपिला बनेर फक्रिइरहेकी थिईन् ।

तथापी पारिवारीक रोकावटले उनको यो सपना अधुरै रहन्छ कि भन्ने शंशय पैदा गरिरहन्थ्यो । भलै परिवारले उनलाई रोकतोक भने गरेन । नामी कलाकार बन्ने दृढ संकल्प अनि लगावले केपिना कलाकारीताको बगैँचामा सुन्दर कोपिला बनेर अहिले फक्रिईन् । उनी भन्छिन् ‘घर परिवारले पनि कलाकारितामा लाग्न प्रेरित गर्नुहुन्थ्यो, अहिले जति सफलता मिलेको छ , यसको पहिलो श्रेय भनेकै मेरो परिवार हो ।’ कलाकारीताको हुटहुटीमा रहेकी कोपिनाको यात्रा काठमाडौँ सोझियो ।

२०७७ मा काठमाडौँ प्रवेश गरेकी केपिना स्टेज कार्यक्रममा आफ्नो नृत्य पस्कन थालिन् । उनको नृत्यको प्रशंशा ब्यापक बन्दै जान थाल्यो भने कलाकारीता क्षेत्रका अग्रजहरुसंगको बाक्लो चिनजानले उनको सपना पुरा हुने अभिलाषालाई बढाईरह्यो । ‘नाच्ने रहर धेरै थियो, त्यसैले म स्टेज कार्यक्रममा पनि जाने गर्न थालेँ’, केपिना भन्छिन् । कलाकारितामा जमेर आफूलाई स्थापित गर्न सक्ने सम्भावित कलाकारको रूपमा उनलाई अथ्र्याउँदा केपिनामा उस्तै उर्जा प्राप्त हुन्थ्यो ।

यसैक्रममा उनले म्युजिक भिडियोमा समेत काम गर्ने अवसर पाइन् । ‘भुरर भुरर चमेरा’ बोलको गीतमा आफूलाई २०७८ सालमा मोडलका रूपमा प्रस्तुत गराइन्, केपिनाले । कलाकारीता क्षेत्रमा औपचारिक रुपमा प्रवेश गराएको यो गीतले कलाकारीता क्षेत्रमा उनको नाम दर्ज त गराईदियो, तर सोचे अनुरुप गीत क्लिक भएन । तथापी हार मानिन् उनले । कलाकारीता प्रतिको उनको लगाव मत्थर बनेन, बरु दिनानुदिन उँचो बन्दै गयो । ‘म पहिलो पटक मोडलका रूपमा देखिन पाउँदा आफूलाई भाग्यमानी भएको महसुस गरेकी थिएँ’, उनले भनिन् ।

पहिलो म्युजिक भिडियोमा आफ्नो कलाकारीता प्रस्तुत गरेकी केपिनालाई अर्को भिडियोमा काम गर्न एक बर्षको अवधि लाग्यो । उनले यो बेला माइतीको देश बोलको तीज गीतमा अभिनय गर्ने अवसर पाईन् । ‘दोस्रो गीतमा काम गर्ने अवसर पाएपछि मैले आफूलाई अब कलाकारीता क्षेत्रमा स्थापित गर्न सक्नु भन्ने आँट आयो,’ उनले भनिन् ।

हाल सम्म ७, ८ वटा गीतमा काम गरेकी केपिनाका लागि एउटा गीतले उनको करिअरलाई यो क्षेत्रमा स्थापित गरिदियो । प्रकाश दुतराजको रिमै बोलको गीतमा अभिनय गर्ने अवसर उनका लागि कलाकारीता क्षेत्रको महत्वपूर्ण अवसर बन्यो । ‘म वास्तवमा स्टेज कार्यक्रममा डान्सरको रूपमा चिनिएकी थिएँ’, उनले भनिन्, ‘तर यसैक्रममा प्रकाश दुतराजको ’रिमै’ बोलको गीतमा राउटे समुदायको जीवन आधारित काम गरे पछि स्टेज कार्यक्रम लगायत म्युजिक भिडियोमा माग बढेको छ ।’ अहिले उनि काठमाडौँमा रहेर कलाकारीता क्षेत्रमा जमेकी छिन् ।

Facebook Comments